टंक बुढाथोकिको देउसी र भैलो

अहिलेका निकै ब्यस्त युवा संगीतकार टंक बुढाथोकिको तिहार बिशेष गीत सार्वजनिक भएको छ । नेपालीहरुको महान पर्व तिहार नजिकिदै गर्दा उनको देउसी र भैलो बोलको तिहार बिशेष गीत सार्वजनिक भएको हो ।गीतमा टंकको संगीतसँगै स्वर रहेको छ भने उनलाई सरु गौतम, दिपा लामा, अनु ढकाल लगायतले साथ दिएका छन ।
tanka deusiगीतले तिहारको महत्व र सांस्कृतिक सुन्दरतालाई झल्काएको छ । मनाउनकै लागि गृहजिल्ला झापा जाने तयारीमा रहेका उनले तिहारमा स्रोतालाई उपहारस्वरुप गीत ल्याएको बताए । उनले ब्यस्तताका कारण गीतको भिडियो तयार गर्न नसकिएपनि अडियोले स्रोतालाई भरपुर मनोरञ्जन दिलाउने दाबी गरे ।
https://www.youtube.com/watch?v=CBck8bpymQo

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज:‘नागरिक’

Read Next

‘फन्को’को ट्रेलर सार्वजनिक (भिडियो सहित )