
माघ एक गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘फन्को’को ट्रेलर सार्वजनिक गरिएको छ।राजधानीमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ‘फन्को’लाई सुर्बण थापाले कथा,पटकथा, लेखन तथा निर्देशन गरेका हुन् ।
पैसाको पछाडी लाग्ने युवायुबतीको कथा उठान गरेको फन्कोलाई हेटौडा मुभि मेकर टिमको प्रस्तुतीमा नरेन्द्र महर्जन, शहदेव गौतम, पदम गुरुङले मिलेर निर्माण गरेका हुन् ।फन्कोमा सौगात मल्ल, दयाहाङ राई,अनुप बराल,केकी अधिकारी,प्रियका कार्की,केशब भटराई लगायतका कलाकारहरुले अभिनय गरेका छन ।चलचित्रमा कविराज गहतराजको नृत्य निर्देशन, विपिन मल्लको सम्पादन, हरि लामा घले र संजय लामाको छायांकन, चन्द्र पन्तको एक्सन छ ।चलचित्रको यस अघि सार्वजनिक गीत ‘लोकल ब्युटी’ले बजारमा राम्रै चर्चा पाउन थालेको छ ।फन्कोलाई नोभेम्बर २४ देखी युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन हुदैछ ।

