नारायणगढमा 'नागारिक'को बिशेष शो

Nagarik_chitwanशुक्रबारबाट रिलिज चलचित्र ‘नागारिक’को शनिबार नारायणगढमा एक कार्यक्रमका बीच बिशेष शो सम्पन्न भएको छ । चितवनका सञ्चारकर्मी, समाजसेवी तथा अन्य विभिन्न महत्वपुर्ण ब्यक्तिहरुका लागि फिल्मको बिशेष शो आयोजना गरिएको हो ।
कार्यक्रममा चितवनका सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति थियो । त्यस्तै स्थानिय बुद्धिजिवी, समाजसेवी तथा साहित्यकारहरुको पनि उल्लेख्य उपस्थिति थियो । फिल्म हेरिसकेपछि सबैले फिल्मको तारिफ गरे । फिल्म उत्कृष्ट बनेको र बिषयबस्तु समय सापेक्ष रहेको उनीहरुको प्रतिक्रिया थियो । यसैबीच बरिष्ठ कलाकार ऋद्धिचरण श्रेष्ठले फिल्मको बिषयबस्तुले आफ्नो मन छोएको बताए । यस्ता बिषयमा फिल्म निर्माण गर्नु नितान्त गाह्रो कुरा रहेको र नागारिक टीमले गरेको यस्तो कामलाई सबैलाई गर्नूपर्ने उनको भनाई थियो ।
फिल्म देखाइनुअघि बोल्दै फिल्मका निर्देशक बिमल पौडेलले फिल्मको कथा बर्तमान राजनिति र देशको परिस्थितसँग मिल्न पुगेकाले दर्शकको मन जित्नेमा ढुक्क रहेको बताए । उनले निकै गहिरो अध्ययन र संघर्षपछि यस्तो गहन बिषयमा फिल्म निर्माण गर्न सफल भएको बताए ।Nagarik_chitwan1 त्यस्तै फिल्मका मुख्य अभिनेता बिश्व बस्नेतले फिल्मको कथाले दर्शकको मन छुनेमा दुइ मत नरहेको बताए । अर्का कलाकार पुष्प आचार्यले फिल्म हेरिदिन सबैलाई आग्रह गर्दै आफुले पनि ठुलो मिहेनत गरेको उल्लेख गरे ।
नागारिक राजनितिमा हुने फोहोरी खेल र त्यसले देश र जनतामा पैदा गराउने नतिजाको चित्रण हो । मनु इन्टरटेनटमेन्टको ब्यानरमा फिल्मलाई सत्यराज चौलागाईले निर्माण गरेका हुन । फिल्ममा बिश्व बस्नेत, गणेश उप्रेति, रमेश बुढाथोकि, पुष्प आचार्य, सरिता गिरी, अनु शाह, रवि अधिकारी लगायतको अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

मोदीलाई पछारे शाहरुख खानले

Read Next

निखिल अब 'इन्काउन्टर अफिसर'