पोखरेली दर्शकमाझँ फिल्म “प्रेमगित”को गीतहरु सार्वजनिक

fefeeeeeeeगीत संगीतले गर्दा चर्चामा रहेको चलचित्र पोष्टर र अडियो सार्वजनिक गरिएको छ। पोखराको रंगशालामा शनिबार पोखरेली बुद्धिजिवीहरु र राष्ट्रिय स्तरका दर्जनौ कलाकारहरुको हातबाट हजारौँ दर्शकका माझँ चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईको प्रमुख आतिथ्यतामा पोष्टर र अडियो सार्वजनिक गरिएको हो ।
poster.2रोमान्टिक लभस्टोरी चलचित्र “प्रेमगित”यसै बर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा सार्वजनिक गरिनेछ । फिल्ममा भिन्न शैलीका पाचँ ओटा गितहरु रहेका छन् । फिल्मका भिडियो गितहरु चाडैँ रिलिज गरिने निर्माण युनिटले जनाएको छ। र्जुन पोखरेलको संगीत रहेको फिल्मका गीतहरुमा सुगम पोखरेल, अञ्जु पन्त, स्वरुपराज आचार्य, पशुपति शर्मा, पूर्णकला विसी, सुवानी मोक्तान, सन्तोष लामा र स्वेच्छा ठकुरीको स्वर छ। फिल्मका यी गीतहरुलाई रेनिषा राईले कोरियोग्राफी गरेकी छन् ।
Premgeet 2मुस्ताङ, काठमाडौँ र पोखरा लगायत रमणीय तथा पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको फिल्मका दृश्यहरु आकर्षक ढंगले फिल्मका कैद गरिएको यसअघि नै रिलिज भएको ट्रिजरमा देखिएको थियो । चलचित्र चंखे शंखे पंखे मार्फत बिग ब्यानरको रुपमा उदाएको “आसुसेन फिल्मस”ले चलचित्र “प्रेमगित”लाई निर्माण गरेको हो । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेको हुन् । फिल्मलाई निर्देशन नायक तथा निर्देशक सुदर्शन थापाले गरेका छन् । फिल्ममा पुजा शर्मा, प्रदीप खड्का, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको अभिनय छ ।
https://www.youtube.com/watch?v=TWUQoy4qVZc

Namaste Filmy

Read Previous

शाहरुख खान र काजोलको चलचित्र 'दिलवाले' का ट्रेलर सार्वजनिक (भिडियो सहित )

Read Next

चर्चामा 'पानी पुरी खाने केटी'