कार दुर्घटनामा अभिनेत्री सना खानको निधन ।

[dropcap][/dropcap]किस्तानी मुलकि बलिउड अभिनेत्री सना खानको कार दुर्घटनामा परि निधन भएको छ । दुर्घटनामा उनका पति बाबर खान पनि गम्भीर घाइते हुन पुगेका छन ।09_03_2014-9sanakhanएक पकिस्तानी वेभसाइटका अनुसार सना र बाबर सवार रहेको कार शुक्रबार हैदरावाद देखि ३० कि मि टाढा लुनिकोट भन्ने स्थानमा भएको थियो । उनीहरु हैदराबादबाट कराची जादै गरेको अवस्थामा बाबर ले चलाएको कार गति अतियन्त्रित भई पल्टिएको थियो । दुर्घटना भएपछि प्रहरी र मेडिकल सहयोग पुग्न केहि ढिलाई भएको थियो र मेडिकल टिम त्यहा पुग्दा अभिनेत्री सना खानको मृत्यु भइसकेको थियो । उनका पति बाबर खान भने गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो । हाल बाबर अस्पातालमा रहेको र अवस्था नाजुक रहेको बताइएको छ ।
सना र बाबर दुवै पकिस्तानी सिरियलमा काम गर्दथे । सनाले विभिन्न भाषाका कयौ फिल्ममा अभिनय गरेकि छिन ।

Namaste Filmy

Read Previous

'राघव'को सात गीतहरुको अडियो सार्वजनिक ।

Read Next

बन्दिपुर र पोखरामा 'वर्कशप अन डिजिटल फिल्मिङ' कार्यशाला हुने ।