घाइते भए आमिर, २ दिन सुटिङ स्थगित

Aamir-khanबलिउड स्टार आमिर खान फिल्म सुटिङको क्रममा घाइते भएका छन । लुधियानामा फिल्म ‘दंगल’को छयांकनका क्रममा उनी घाइते भएका हुन । उनी घाइते भएपछि फिल्मको सुटिङ २ दिनको लागि स्थगित गरिएको छ ।
फिल्मको रेसलिङ प्रतिस्पर्धाको दृश्यका लागि सट दिइरहेको आमिरलाई अर्का कलाकारले आक्रमण गर्दा घाइते हुन पुगेका हुन । अर्का कलाकारले झुक्किएर आमिरको गर्धनमा ठुलै धक्का पुर्याएका थिए । जसबाट आमिरको मांशपेशीमा असर पुगेको चिकित्सकले बताएका छन ।
उनलाई चिकित्सककै सल्लाहमा दुई दिने रेस्टमा राखिएको छ ।

Namaste Filmy

Read Previous

अनमोललाई फ्यान घट्ने डर । भन्छन : गर्लफ्रेन्ड छैन

Read Next

चर्चित बलिउड अभिनेता सईदको निधन