बन्दिपुर र पोखरामा 'वर्कशप अन डिजिटल फिल्मिङ' कार्यशाला हुने ।

[dropcap]सि[/dropcap]नेम्याट्रोग्राफरहरुका क्षमता अभिबृद्धिको लागी भन्दै निर्देशक समाजले ‘बर्कशप अन डिजिटल फिल्मीङ’ नामक कार्यशाला गर्ने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराइएको हो । आइतबार नै कार्यशालाको औपचारिक घोषण समेत गरिएको छ । कार्यशाला अगामी चैत्र २७ गतेदेखि बैशाख १ गतेसम्म हुने जनाइएको छ ।film  कार्यशालामा हलिउडका दुई चर्चित र स्थापित सिनेमेटोग्राफरहरुले नेपाली सिनेम्याटोग्राफर, निर्देशकहरु र अन्य फिल्मकर्मीहरु हरुलाई प्रशिक्षण दिनेछ । प्रशिक्षणको लागी आयोजकले हलिउडबाट चर्चित सिनेम्याटोग्राफरद्धय जस्टिन डिलन र जेम्स इभान अर्गेटनलाई नेपाल झिकाउने भएका छन ।
हाल नेपाली चलचित्र क्षेत्र डिजिटलाइज भइसकेको अवस्थामा पनि प्रविधिको सहि उपयोग हुन नसकेकोले सिनेम्याटोग्राफरहरुमा डिजिटल प्रविधिको ज्ञान बृद्धि गराउनको लागी कार्यशाला आयोजना गरिएको निर्देशक समाजको अध्यक्ष दिनेश डि सीको भनाई छ । त्यस्तै चलचित्र क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा ध्यान दिदै कार्यशाला आयोजना गर्न लागिएको समाजका उपाध्यक्ष राजु के सी को भनाई छ ।375766_688100421242934_945135804_n
५ दिनसम्म चल्ने कार्यशालामा फस्ट कम फस्टको अधारमा ४५ जनालाई सहभागी गराइनेछ । बन्दिपुर र पोखरामा सञ्चालन हुने कार्यशालामा सहभागी हुनका लागी रु १०००० शुल्क लाग्नेछ तर निर्देशक समाजका सदस्यहरुलाई भने रु ७५०० मात्र शुल्क लाग्नेछ ।

Namaste Filmy

Read Previous

कार दुर्घटनामा अभिनेत्री सना खानको निधन ।

Read Next

राजु गिरीले म्युजिक भिडियो तथा बिज्ञापन निर्देशन गर्दै