परशुरामको चर्चा बढ्यो

Parshram Rijalगायक परशुराम रिजालको चर्चा पछिल्लो समय ह्वात्तै बढेको छ । केहि महिना अघि सार्वजनिक उनको पहिलो एकल स्वर रहेको एल्बम ‘काब्य’ले उनलाई यो सफलता दिलाएको हो ।
२०५६ सालमै गायक बन्ने सपना बोकेर राजधानी छिरेका उनलाई अहिले बल्ल सपना पुरा भएजस्तो लाग्छ । उनी भन्छन : मेरो सपना पुरा भएको छ, अब संगीतमै केहि गरेर देशका लागि पनि केहि गर्न चाहन्छु ।
सुगम संगीतमा खारिएका उनी बिगत १० बर्षदेखि संगीत ब्यवासायमा पनि सक्रिय छन । उनको आफ्नै कम्पनी भाइब्स क्रियशनको पनि अहिले सांगितिक क्षेत्रमा राम्रो स्थान छ । आफै पनि गायक भएकाले आफ्नो कम्पनीबाट निस्कने सबै गीत र एल्बमहरु उत्कृष्ट र गुणस्तरिय हुने गरेको उनको भनाई छ । गुणस्तरहिन र पट्यारलाग्दा सिर्जनालाई उनले नकार्ने गरेका छन ।
गायक बन्नुको श्रेय उनी गीतकार राजुबाबु श्रेष्ठलाई दिन्छन । राजुबाबुकै गीत आगो सल्काई उनले पहिलोपटक गाएका थिए । हरि लम्सालको संगीतमा गाएको उक्त गीत एल्बम काब्यमा समावेश छ । यसबाहेक उनकै स्वरमा एल्बमको अन्य गीतहरु बरु मै मरुँला, भोकैमा भोजन मिठो, मुटु चिरी माया लाऔ र मेरै गाउँको पानीलाई पनि स्रोताले रुचाएका छन ।
विभिन्न कलेक्सन एल्बमहरुमा पनि स्वर दिइसकेका उनले अबको जीवन गीतसंगीतमै समर्पण गर्ने बताए । सुगम संगीतमा राम्रो सम्भावना बोकेका उनले अब छिट्टै केहि नयाँ गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेको बताए । आफु र आफ्नो कम्पनीले सधै दर्शक स्रोताको चाहनाअनुसारकै गीतसँगीत पस्कने उनले दाबी गरे ।

Namaste Filmy

Read Previous

चर्चित बलिउड अभिनेता सईदको निधन

Read Next

पौष १७ बाट सुशिल श्रेत्रीको 'बीच बाटो'