
पछिल्लो समय निकै प्रतिक्षित बनेको फिल्म ‘जाऊ हिड पोखरा’को अहिले प्रचारप्रसार ब्यापक छ । फिल्मका निर्देशक शोभित बस्नेत फिल्मको पब्लिसिटीमा तन मनले खटेका छन ।
फिल्म हिट हुन पब्लिसिटी अत्यावश्यक छ भन्ने बुझेका यी निर्देशकले प्रचार प्रसारको अनेक उपाय पनि लगाएका छन। यसबीचमा जाऊ हिड पोखराका लागि फिल्म उद्योगका अधिकांश चर्चित अनुहारको साथ पनि मिलेको छ ।
अहिले सर्वाधिक क्रेज भएका निखिल उप्रेती, अनमोल केसी देखि इन्डियन आइडल प्रशान्त तामाङ, धिरेन शाक्य, शिव श्रेष्ठ, शंकर बिसी, गौरव पहारी लगायतले फिल्मको प्रचारमा सहयोग पुर्याउदै फिल्मलाई शुभकामना दिएका छन । उनीहरुले फिल्मले दर्शकको चाहना पुरा गर्नेमा आशावादी रहेको बताए ।
जाऊ हिड पोखरा शोभित बस्नेत निर्देशित २५ औ फिल्म हो । फिल्म आउदो मंसिर ११ गते रिलिजको तयारीमा छ । फिल्ममा रेखा थापा, जिवन लुईटेल, जिके शर्मा लगायतको अभिनय रहेको छ ।

