फिल्म हलमा चोरीको प्रयास

dcn-jalmaनारायणगढ । चितवनको सुविधायुक्त जलमा सिनेमाहलमा सिसी क्यामेराको तार चुडालेर चोरीको प्रयास गर्ने एक भारतीय पक्राउ परेका छन् । सिसी क्यामेरामा सबै कुरा देखिन्छ भनेर उनले पहिले क्यामेराको तार चुँडालेका थिए । चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीका अनुसार सोमबार राति करिब १२÷१ बजेको समयमा यस्तो घटना भएको हो । सिनेमा हलमा राखिएको सिसी क्यामेराको तार काटी ढोकाको तालासमेत फोरेर चोरीका प्रयास भएको अधिकारीले बताउनुभयो । सोही घटनामा हलको इलेक्ट्रिसिएन काम गर्ने एकजना भारतीय नागरिकलाई राति नै पक्राउ गरिएको छ । अधिकारीका अनुसार भारत उडिसा घर भई विगत एक वर्षदेखि चितवनमा बसेर इलेक्ट्रिसिएन काम गर्ने २० वर्षीय अर्जुनकुमार जेन क्षेत्री पक्राउ परेका हुन् । अनुसन्धान गर्दै जाँदा अन्य केही व्यक्तिसमेत परेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । जलमा हलका सञ्चालकले काममा लगाइदिन्छु भनेर नलगाइदिएकाले आफूले यस्तो गरेको उनले प्रहरीलाई बयान दिएको जनाइएको छ ।

Namaste Filmy

Read Previous

सलमानको फिल्मले ५ दिनमा कमायो १४३ करोड

Read Next

यस्तो छ फिरोजको 'प्रिया' । भिडियो हेर्नुहोस