यस्तो छ फिरोजको 'प्रिया' । भिडियो हेर्नुहोस

Firoj timalsinaगायक फिरोज तिमल्सिनाको पछिल्लो गीत ‘प्रिया’लाई दर्शक स्रोताले रुचाउदै गएका छन । फिरोज स्वयमको शब्द तथा प्रकाश नेपालीको संगीत रहेको यो रोमान्टिक गीतलाई बिशेष गरि टिनएज युवावर्गले रुचाएका हुन ।
गीतको म्युजिक भिडियोलाई पनि दर्शकले राम्रो प्रतिक्रिया दिएका छन । भिडियो रप्रविनले निर्देशन गरेका हुन भने ज्ञानेन्द्र शर्माले खिचेका हुन । भिडियो सम्पादन अनुप गिरीले गरेका हुन । श्रुति राना र निशान्त जंग शाह फिचरिङ भिडियोमा उनीहरुको कामलाई समेत दर्शकले तारिफ गरेका छन । गीतको भाव र दर्शकको चाहनाअनुसार मोडलले उत्कृष्ट काम गरेको स्वयम गायक तिमल्सिना पनि स्वीकार्छन ।
नेपाल युनिको प्रोडक्सनबाट बजारमा आएको गीतले आफ्नो उचाई बढाएको फिरोज बताउछन । ‘सुस्तरी सुस्तरी’ बोलको गीतबाट संगीतमा प्रवेश गरेका उनको  यसअघि पनि दुई दर्जन गीतहरु सार्वजनिक भइसकेका छन । ‘प्रिया’ आम नेपाली गीतभन्दा फरक रहेको उनको भनाई छ ।

Namaste Filmy

Read Previous

फिल्म हलमा चोरीको प्रयास

Read Next

यसकारण बन्द भयो तितो सत्य