यसकारण बन्द भयो तितो सत्य

deepa-inनेपाली टेलिभिजन कार्यक्रमको इतिहासमै सर्वाधिक लोकप्रिय कार्यक्रम हो ‘तितो सत्य’ । नेपाली टिभी सिरियल भन्ने बितिकै सबैले ‘तितो सत्य’ सम्झिन्छन । तर हास्यप्रधान यो सिरियल अब बन्द भएको छ ।
तितो सत्यका निर्माता निर्देशक दिपक राज गिरीले केहि दिनअघि फेसबुकमा स्टाटस राख्दै  कार्यक्रम बन्द गरिएको जानकारी दिए । उनले १२ बर्षसम्म  ‘तितो सत्य’ले कमाएको चर्चा र लोकप्रियताको लागि सबै दर्शक तथा नेपालीलाई अभार दिदै अब कार्यक्रम प्रसारण नहुने बताएका छन ।
तितो सत्य पुन प्रसारण हुन अब कम्तीमा चार महिना लाग्नेछ । सिरियलको नाम तितो सत्य नै हुने वा अगाडि पछाडि केहि थपिने भन्ने बारे छलफल गरिनेछ । आफुहरु नयाँ स्वरुप र परिमार्जित तरिकाले आउनका तत्काललाई सिरियल बन्द गरिएको दिपक बताउछन ।
पछिल्लो समय आर्थिक समस्यामा समेत परेका थिए तितो सत्य । त्यसैले पनि सिरियल बन्द गर्नुपरेको दिपकको भनाई छ । त्यस्तै पछिल्लो समय ठुलो पर्दामा एकाएक जम्दै गएपछि दिपक र दिपाश्री निरौलाले केहि समय तितोसत्यबाट बिश्राम लिन खोजेका हुन । उनीहरुले निर्माण गरेको छ एकान छ र वडा नं. छ लगालग हिट भएको फिल्म हो ।
तत्कालका लागि तितो सत्य प्रसारण रोकिएपनि दर्शकलाई निराश नहुन उनीहरुको आग्रह छ । आफुहरु कुनै न कुनै माध्यमबाट दर्शकसम्म पुगिरहने बताउदै सधै दर्शककै लागि काम गरिरहने पनि उनीहरुले बताए ।

Namaste Filmy

Read Previous

यस्तो छ फिरोजको 'प्रिया' । भिडियो हेर्नुहोस

Read Next

शिल्पाले भनिन्- 'म बघिनी हुँ' । भिडियो हेर्नुहोस