
पछिल्लो समय व्यस्तता बढेका निर्देशक राजु गिरीले फुर्सदको समय म्युजिक भिडियो तथा बिज्ञापन निर्देशन समेत गर्न पुगेका छन् । उनले निर्देशन गर्ने पछिलो चलचित्र “आर्य ‘को सुटिंगको तयारीमा रहेका निर्देशक गिरीले फुर्सदको समयमा एउटा राम्रो गीत भएकोले म्युजिक भिडियो निर्देशन गरेको नमस्ते फिल्मीलाई बताए ।
सबिन घिसिङ्गको स्वर रहेको सो गीतमा कमल खत्रीको संगीत तथा सब्द रहेको छ ।”थामी देउ हात मेरो माया सम्झी छुट्ने छैन साथ तिमिलाई जुनु भरि ‘ भने सो गीतमा मुकेश हुमागाईको छायांकन रहेको म्युजिक भिडियोमा बिमलेस अधिकारी र शुभेच्छा थापाको अभिनय रहेको छ। तेस्तै निर्देशक गिरीले सुलोशन हर्बल साबुनको बिज्ञापन समेत निर्देशन गरेका छन् । नायक सुसिल क्षेत्री र शुभेच्छा थापा अभिनय रहने सो साबुन को बिज्ञापन किन निर्देशन गर्नु भाको भन्ने प्रश्नमा निर्देशक गिरीले एउटा राम्रो बिज्ञापन तो पनि दुइ लाखको लगानी भएको जसले गर्दा आफुले चाहे अनुसारको काम गर्ने ठाउँ भएर नै सो बिज्ञापन निर्देशन गरेको बताए ।
यहि म्युजिक भिडियो र बिज्ञापन सुटिंगको मेसोमा निर्देशक गिरीले आफ्नी पछिलो चलचित्र टाइगर द रियल हिरोको फाईट दृश्य समेत धररा सुटिंग गर्न पुगेका छन् । आफैले निर्माण समेत गरेको सो चलचित्र टाइगर द रियल हिरोको सुटिंग पहिला नै सकिएको भए पनि निर्देशक गिरीले फिल्मको सम्पादन गर्दा कहाँ के नपुगेको छ हेर्दै सुटिंग गर्दै जाने बताएका छन् । राजु गिरीको निर्देशन रहने चलचित्र “आर्य ‘को सुटिंग चैत्र १५ गते बाट हुने भएको छ ।

