अमेरिकामा नायिका जल शाहको अध्यक्षता

Jal Shaha_USAनेपाली अमेरिकन कलाकार संघ नर्थ अमेरिकाद्वारा साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा नायिका जल शाहलाई मनोनित गरिएको छ। लामो समयदेखि नेपाली सिने जगतमा बिशेष योगदान दिएकी नायिका शाहलाइ संघको बोर्ड मिटिंगले सर्बसम्मतिबाट सम्मानपुर्बक मनोनित गरेको हो। नोभेम्बर १६ सोमबारका दिन एक कार्यक्रम गरि सँघका न्युयोर्क च्याप्टर संयोजक यम बरालले शाहलाइ प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रमाणपत्र ग्रहण गर्दै नायिका शाहले संघलाइ आफुले सक्दो रुपमा विस्तार गर्ने बताइन । सो कार्यक्रममा नायिका शाहलाइ खादा ओढाई सम्मान गर्नुका साथै नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकाल,बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, निर्देशकर सन्चारकर्मी शुरेश दर्पण पोखरेल,सन्चारकर्मी तथा अभिनेता सरोज केसी,चर्चित डिजे डिजे तेन्जिडलाई स्वागत गरेको थियो ।

Namaste Filmy

Read Previous

ऋचा कसरी भइन यस्तो कुरुप ? भिडियो

Read Next

पेरिस हमलामा बल्ल बल्ल बाँचिन हलिउड स्टारकी छोरी