धरानमा गरियो झोलेको प्रिमियर । हलमा भने फाल्गुन ९ गतेबाट लाग्ने ।

कृष्ण भुजेल धरान

अगामी फाल्गुन ९ गते प्रदर्शनमा आउन लागेको चलचित्र झोलेले धरानमा रेडकार्पेट प्रिमियर गरेको छ । पछिल्लो समय फिल्मका निर्माताहरुले यसरी प्रिमियर गर्न जांगर नदेखाएको र गरेपनि राजधानीमा मात्रै गर्ने गरिए पनि झोले ले पुर्वमा फिल्मको प्रिमियर गरेको हो ।unnamed

धरानको इन्टर सरफेस नामक संस्थाको सहकार्यमा गणेश टाकिजमा साँझ ६ बजे झोलेको प्रिमियर गरिएको थियो जहाँ फिल्मका निर्देशक दीपेन्द्र के खनाल, निर्माता टेकेन खड्का, स्क्रिप्ट राईटर शान बस्न्यात, सम्पादक दीर्घ खड्काको साथमा कलाकार दयाहाङ राई, प्रियंका कार्की र शिशिर राणाको उपस्थिती थियो । पितृशोकमा रहेका फिल्मका हिरो दयाहाङ राई भने ढिलो गरी कार्यक्रम स्थलमा पुगेका थिए ।

यसअघि नै गीत तथा ट्रेलर हिट भइसकेको फिल्म हेरेपछि राम्रो लागेको र हसांइरहने प्रतिक्रिया दिएका थिए । यो प्रतिक्रियाले फिल्म रिलिज पश्चात यसको व्यापारमा ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ । पुरूषोत्तम प्रधानको छायाँकन तथा हरि लम्सालको संगीत रहेको यो फिल्म फिल्ममा ए गुरुङ, शंकर आचार्य,  माधव आचार्य लगायतको समेत अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

बसन्तको आगमनसंगै आउदैछ ऋतु पनि । रिलिज डेट फाल्गुन २३।

Read Next

चितवनमा स्कुलको पदाई रोकेर बिद्यार्थीलाई चलचित्र ‘झोला’ देखाईयो..