मन छुने प्रेम कथा 'टिस्टा पारीको साइनो' । ट्रेलर हर्नुस

tistapariko sainoपौष १० रिलिज लक्षित फिल्म ‘टिस्टा पारीको साइनो’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको ट्रेलरले फिल्म पुर्णतय प्रेमकथामा आधारित रहेको प्रस्ट हुन्छ । बिशेष गरि गोरखा आसपासको गुरुङ मगरको संस्कृति र रितिरिवाजको कथा फिल्मले बोकेको छ ।
फिल्मलाई खिलबहादुर गुरुङले निर्देशन गरेका हुन । वाई के गुरुङ र रोजर गुरुङको निर्माण रहेको फिल्ममा निर्देशक गुरुङ मुख्य भुमिकामा छन । उनीसँगै अमिर गुरुङ, युनिता गुरुङ, साधाना गुरुङ, टिकाराम घले, मेघी गुरुङ लगायतको अभिनय छ ।
फिल्मको अधिकांश छयांकन बैशाख १२ गतेको बिनाशकारी भुकम्पको केन्द्रविन्दु बारपाकमा गरिएको हो ।

Namaste Filmy

Read Previous

मल्टिप्लेक्समा निर्मातालाई सुविधा । ट्रेलर बजाएको पैसा नलाग्ने

Read Next

छायांकार हुन् काठमण्डौमा उपेन्द्र यादव लखेट्ने युवक