छायांकार हुन् काठमण्डौमा उपेन्द्र यादव लखेट्ने युवक

rajendra-sapkotaसोमबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा संघीय समाजबादि फोरमका अध्यक्ष उपेन्द्र यादव लखेटिएको खबरले खुबै चर्चा पायो । उपेन्द्र मधेशमा जारी आन्दोलनको १०० दिन पुरा भएको अवसरमा राजधानिको माइतीघरमा आयोजित मौनधारण तथा श्रद्धाञ्जली सभामा पुगेका थिए ।
सोहि बखत सभामै लामो जटाधारी कपाल भएका हट्टाकट्टा युवक उपेन्द्रमाथि जाइलागे । उनले चर्को स्वरमा उपेन्द्रलाई प्रश्न गर्दै आक्रोशित भएपछि उपेन्द्र त्यहाबाट भाग्न बाध्य भएका थिए ।
मधेसबिरोधी नाराबाजीसमेत गरेका ती युवकलाई प्रहरीले पक्राउ गरे । सबैले ती नौलो अनुहारका युवकलाई चिन्न सकेनन् । उनी को हुन भन्ने चासो सबैमा थियो समाजिक सञ्जालमा उनले गरेको कामको तारिफ खुबै भयो ।
उनी राजेन्द्र सापकोटा हुन । उनी फिल्म उद्योगसँग प्रत्यक्ष आबद्ध छन । उनले केहि फिल्महरुमा सहायक छयांकारका रुपमा काम गरिसकेका छन भने केहि नयाँ फिल्ममा छायांकारको रुपमा क्यामेरा चलाइसकेका छन । उनले अन्तराल, नेपथ्य, पुन्टे परेड लगायतको फिल्ममा सहायक छयांकन गरेका थिए । नयाँ फिल्म जंगेमा पनि उनले छयांकन गरेका थिए । यसरी फिल्ममा ब्यबसायिक क्यामेरामेनको रुपमा काम गरिरहेका उनले गरेको कामलाई अहिले सबैतिर तारिफ भइरहेको छ । upendra_rajendra

Namaste Filmy

Read Previous

मन छुने प्रेम कथा 'टिस्टा पारीको साइनो' । ट्रेलर हर्नुस

Read Next

नयाँ फिल्ममा निखिल