यसै बर्ष सलमान खानले विदेशी गर्लफ्रेन्डसंग विवाह गर्न सक्ने ।

[dropcap][/dropcap]लिउड स्टार सलमान खान ले बर्ष २०१४ मा विवाह गर्ने संकेत देखाएका छन । ४८ बर्षको उमेर बितिसक्दा पनि एक्लै रहेको सलमानलाई अब भने एक्लोपनले सताएको बुझिएको छ । उनले आफ्नो एक रोमानियाई गर्लफ्रेन्डलाई दुलहि बनाउन सक्ने संकेत देखाएको भारतीय एक वेभसाइटमा उल्लेख छ ।09_03_2014-9salluसलमान पछिल्लो समय आफ्नो रोमानियाइ गर्लफ्रेन्ड लुलिया वंतुरसंग डेटमा रहेको सो वेभसाइटले जनाएको छ । उक्त गर्लफ्रेन्डसंग पछिल्ला केहि दिनमा सम्बन्ध चिसिएको भएपनि सो प्रेमलाई यसै बर्ष विवाहमा परिणत गर्ने बिचार सलमानले गरेका छन । सलमानले एक अन्तरवार्ताको क्रममा आफुलाई एक्लोपनले धेरै सताइसकेको र अब जिन्दगीमा ठुलो परिवर्तन हुन सक्ने बताएका छन । अन्तरवार्ताकै क्रममा सलमानले आफु मानवतालाई सबैभन्दा धेरै आदर गर्ने बताउदै आफ्नो पिता पठान, आमा हिन्दु, अर्को आमा इसाई तथा बहिनी पन्जाबी भएकोले आफु भने बिदेशी पत्नी ल्याउने सोचमा रहेको ठट्यौली पारामा भनेका थिए । उनका अनुसार पछिल्लो समय जीवनमा धेरै परिवर्तनहरु आइरहेकोले विवाहलाई यसै नकार्न नसकिने बुझिएको छ ।
स्मराण रहोस सलमानले पहिलोपटक यसरी सार्वजनिक स्थानमा विवाहको बारेमा खुलेर कुरा गरेका हुन । यसअघि पनि सलमानले बलिउडका स्थाति हिरोइनहरु एैश्वर्या राय, कैटरिना कैफ लगायतसंगको सम्बन्ध बिताइसकेका छन ।

यसै बर्ष सलमान खानले विदेशी गर्लफ्रेन्डसंग विवाह गर्न सक्ने

Namaste Filmy

Read Previous

राजु गिरीले म्युजिक भिडियो तथा बिज्ञापन निर्देशन गर्दै

Read Next

हिन्दी चलचित्र बर्फिको माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल नेपाली कलाकार