रेखा थापाबिरुद्ध ठगी आरोप

एक लाख रुपैयाँ लिएर कार्यक्रममा नगएको भन्दै अभिनेत्री रेखा थापाविरुद्ध उजुरी परेको छ। खोटाङ जिल्ला प्रहरी कार्यालयमा उनीविरुद्ध उजुरी परेको हो।
खोटाङ प्रहरी प्रमुख विद्यानन्द माझीका अनुसार सगरमाथा जनसेवा समाजले आयोजना गर्ने कार्यक्रममा आउनका लागि रेखालाई दुई महिना अगाडि नै खबर गरिएको थियो। त्यसअनुरुप नै सिद्धार्थ बैंकमा एक लाख रुपैयाँ रेखाको खातामा जम्मा गरिएको थियो। तर, रेखा खोटाङ नगएपछि ठगी गरेको भन्दै उजुरी परेको हो।
तर, रेखा थापाको भनाईमा उनलाई प्रकाश पुरी भन्ने व्यक्तिले फसाएका हुन्। सेतोपाटीसँग कुरा गर्दै रेखाले भनिन्, ‘त्यो मान्छे फटाहा रहेछ। कार्यक्रममा जाने सम्झौता पनि भएको थिएन। सम्झौता नभई कोही कार्यक्रममा किन जान्छ? मैले सम्झौता गरौं भन्दा दिदी पहिले बैंको खाता नम्बर दिनुस् अनि सम्झौता गर्न मान्छे पठाइदिउँला भन्यो। पछि पैसा हालिदिएको रहेछ। मलाई थाहा थिएन। सबिर श्रेष्ठ दाइले भनेपछि मात्र थाहा भयो। उसलाई म आउँदिन भन्ने थाहा थियो। कार्यक्रमको एक दिनअघि उसले मलाई फोन गर्दा भाइ म आउन सक्दिनँ, तिमी दिक्क लगाउने मान्छे रहेछौ। अब मलाई दिक्क नबनाउन भनेँ,’ रेखा र प्रकाशबीच फेबुकमा भएको कुराकानीको ‘स्क्रिनसट’ पनि सेतोपाटीलाई प्राप्त भएको छ।
रेखाका अनुसार प्रकाश पुरीसँग उनको दोहोरो चिनजान छैन। उनकाे भनार्इमा सिद्धार्थ बैंकमा पैसा जम्मा गरिदिने गणेश पुरीलाई पनि उनी चिन्दिनन्। उनले भनिन्,‘त्यो मान्छेले खोटाङमा मेरो नाम बेचेर खाएको हो।’
सेतोपाटिबाट

Namaste Filmy

Read Previous

'पशुपतिप्रसाद'को ट्रेलर सार्वजनिक । माघ १५ बाट रिलिज

Read Next

यस्तो छ आर्यन र नम्रताको 'क्लासिक' प्रेम