फ्राइडे रिलिज :“जाउ हिड पोखरा” र "कबड्डी कबड्डी"

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र “जाउ हिड पोखरा” र “कबड्डी कबड्डी” रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र“जाउ हिड पोखरा” र “कबड्डी कबड्डी”को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
“जाउ हिड पोखरा”
jau hida pokhara
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट बहुप्रतिक्षित चलचित्र “जाउ हिड पोखरा”प्रदर्शनमा आएको छ ।आज शुक्रबारबाट देशभरका ८० भन्दा बढी प्रमुख सिनेमा घरबाट चलचित्र “जाउ हिड पोखरा”प्रदर्शनमा आएको छ । चलचित्र ‘जाऊ हिड पोखरा’ लाई शोभित बस्नेतले निर्माण तथा निर्देशन गरेका हुन् ।चलचित्रमा रेखा थापा, जिवन लुइटेल,,सम्राट सापकोटा, आरुष गुरुङ, जी के शर्माको साथमा निर्देशक बस्नेतको समेत मुख्य भुमिकामा अभिनय रहेको छ ।सलोन फिल्मस्को ब्यानरमा सलिना बस्नेतको प्रस्तुति रहेको चलचित्रका निर्माता राम गौतम हुन् भने कार्यकारी निर्माता गणेश ढकाल रहेका छन् । फिल्ममा राजेन्दै खडगीको द्धन्द, ध्रुव लम्सालको पटकथा तथा गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ । त्यस्तै फिल्ममा शंकर बिसी, शोभित बस्नेत र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ ।बुधबार गरिएको प्रिमियर शो बाट सबैको तारिफ पाएको चलचित्र “जाउ हिड पोखरा”ले राम्रो ब्यबसाय गर्नेमा निर्देशक शोभित बस्नेत ढुक्क देखिएका छन् ।

“कबड्डी कबड्डी”
KabaddiKabaddi-600x0त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र “कबड्डी कबड्डी”प्रदर्शनमा आएको छ । फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन । फिल्म गतबर्षको हिट कबड्डीको सिक्वेल हो चलचित्र “कबड्डी कबड्डी”।काजी बनेका दयाहाङ राई, सोल्टिनि रिश्मा गुरुङ लगायत थुप्रै कलाकार फिल्ममा दोहिरिएका हुन ।तेस्तै चलचित्रमा सौगात मल्ल थपिएका छन ।बिसेष गरेर युवा पुस्तामा चलचित्रको राम्रो छाप् पर्न गएको हुनाले चलचित्र “कबड्डी कबड्डी”ले राम्रो व्यापार गर्ने चलचित्रका निर्देशक रामबाबु गुरुङले बताउनु भयो ।चलचित्रको बिहिबार प्रिमियर शो गरिएको थियो ।

Namaste Filmy

Read Previous

कारमै सेक्स गरेपछि प्रियंका हलिउडमै चर्चित

Read Next

सञ्चारमन्त्रीले हेरेनन् 'कबड्डी कबड्डी' ?