माया गर्ने जोडीको आफ्नो गीत "प्रेम गीत"को भिडियो सार्वजनिक (भिडियो सहित )

चलचित्र ‘प्रेम गीत’ को शिर्ष भिडियो गीत सार्वजनिक गरिएको छ ।भ्यालेनटाइन्स डेको अवसर पारेर माघ २९ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्रको शुक्रबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेर शिर्षगीत सार्वजनिक गरेको हो ।‘म यस्तो गीत गाउँछु’ बोलको गीतलाई अर्जुन पोखरेलको शब्द तथा संगीतमा अञ्जु पन्त र सुगम पोखरेलको स्वरमा तयार पारिएको हो । नायक प्रदीप खड्का र नायिका पूजा शर्मा फिचरिङ गरिएको यस गीतमा रेनेशा राईको कोरियोग्राफी रहेको छ ।मुस्ताङ सहित विभिन्न मनोरम दृश्यमा छायाँकन गरिएको ‘प्रेम गीत’ को सार्वजनिक भिडियोले दर्शक तथा स्रोतको मन सजिलै जित्ने देखिन्छ ।
prem geetसुदर्शन थापाले निर्देशन गर्नु भएको चलचित्र “प्रेम गीत”को यस अघि सार्वजनिक ट्रिजरले राम्रै चर्चा पाएको थियो । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।प्रदीप र पूजाको आलावा चलचित्रमा सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल जस्ता अग्रज कलाकारको मुख्य भूमिका रहेको छ ।यो फिल्म युवा पुस्ताको प्रेम र पारिवारीक कथा बस्तुमा आधारित छ । निर्माण कम्पनीले यो गीतको कभर गीत गाएर अपलोड गर्नेहरु मध्य एक बिजयीलाई एक लाख रुपैया पुरस्कार प्रदान गरिने जनाईएको छ ।

Namaste Filmy

Read Previous

सञ्चारमन्त्रीले हेरेनन् 'कबड्डी कबड्डी' ?

Read Next

बिपाशाको अनुहार जल्यो