'तामाङ चलचित्र संघ'मा नयां कार्य समिति ।

[dropcap][/dropcap]इतबार काठमाण्डौँमा सम्पन्न तामाङ चलचित्र संघको तेस्रो केन्द्रीय राष्ट्रिय महाधिबेशनले आगामी तीन बर्षका लागि १५ सदश्यीय नयाँ कार्यसमिति छनौट गरिएको छ ।tamang1नयाँ कार्यसमितिमा अध्यक्षः जेनिश दोङ, उपाध्यक्षः सुकुमाया मोक्तान र अमिर दोङ, महासचिबः दोर्जे लो, सचिबः जयनकुमार मोक्तान, कोषाध्यक्षः जङ्गे लोप्चान, सहकोषाध्यक्षः भुईसाल तामाङ, सदस्यमा निर्मल स्याङतन सागर घिसिङ, बिकु थोकर, निशा तामाङ, रोशन फ्युबा,कुमार मोक्तान र अरु दुई जनालाई मनोनितमा (पछि नाम राख्ने गरी) राखिएको छ । पहिलो तामाङ चलचित्र निर्देशक जयनन्द लामाको प्रमुख आतिथ्यता र पूर्ब अध्यक्ष जेनिश दोङको सभापतित्वमा महाधिबेशन भब्य र सभ्य ढंगले सकिएको छ ।

महाधिबेशनमा बिशेष अतिथि नेपाल तामाङ कलाकार संघ केन्द्रीय अध्यक्ष चन्द्रकुमार दोङ, उपाध्यक्ष इन्दिरा गोले, तामाङ कलाकार संघकै पूर्ब महासचिब तुलसा वाईबा, तामाङ चौतारी समूहको अध्यक्ष सुजन(बिनोद) तामाङ, जागरुक तामाङ पत्रकार समाजका अध्यक्ष एबं रेडियो नेपाल तामाङ भाषाको समाचारबाचक तथा स्यालगारका प्रस्तोता रेडियोकर्मी सुर्य मोक्तान, तामाङ सन्चार समूहका केन्द्रीय अध्यक्ष जगत दोङ, महासचिब एबं तामाङ समाज डटकम अनलाईन पत्रिकाका सम्पादक बिष्णु मोक्तान र तामाङ चलचित्र पत्रकार मन्चका केन्द्रीय अध्यक्ष एबं रेडियो मिरमिरेमा दैनिक प्रसारित तामाङ म्हारमेनका निर्माता, संयोजक तथा प्रस्तोता बिष्णु दोङ रहनुभएको थियो ।tamang 2बन्द सत्रबाट बिना निर्बाचन दश मिनेट खुल्ला गरी नयाँ नेत्रित्व छानिएको थियो । नयाँ नेत्रित्व सबै चलचित्रकर्मी एबं कलाकारहरुलाई एकै ठाउँमा उभ्याएर संघको भाबी कार्यदिशालाई अनुशाषित ढंगले अगाडि लैजानका लागि प्रमुख अतिथिबाट सपथ खुवाउनुभएको थियो ।  भेलामा तामाङ चलचित्रसँग सम्बन्धित सबैजसो कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

साभार : जयन कुमार मोक्तान, सचिव- तामाङ चलचित्र संघ ।

Namaste Filmy

Read Previous

हिन्दी चलचित्र बर्फिको माध्यमबाट चर्चाको शिखरमा पुग्न सफल नेपाली कलाकार

Read Next

आमिर खानले गरे प्रहरीमा उजुरी ।