निखिलको डिमान्ड बढ्दो । 'संरक्षण'मा अनुबन्धित

nikhil upretiपछिल्लो समय निकै गहकिलो स्टारडम बोकेका निखिल उप्रेतीको ब्यस्तता दिनानुदिन बढ्दै गइरहेको छ । भदौमा रिलिज फिल्म ‘भैरव’ सुपरहिट भएसँगै फिल्म उद्योगमा चम्किएका उनी थुप्रै नयाँ फिल्ममा समेत अनुबन्धित भइरहेका छन । झन अघिल्लो महिना रिलिज ‘लुटेरा’को सफलता पछि त उनलाई फिल्ममा लिन निर्माताहरुको होड नै चलेको छ ।
यहि क्रममा उनी प्रदिप कुमार उदयको नयाँ फिल्म ‘संरक्षण’मा रहने पक्का भएको छ । बिशुद्ध राजनितिक कथामा बन्ने फिल्ममा निखिल मुख्य भुमिकामा देखिनेछन । प्राय एक्सन भुमिकामा सुहाउने निखिल यो फिल्ममा पनि सशक्त एक्सन भुमिकामा रहनेछन । उनीसँगै सौगात मल्ल पनि फिल्ममा पक्का भएका छन ।
त्यस्तै हिरोइनमा अशिश्मा नकर्मी र मलिना जोशी फाइनल छन । रमेश रञ्जन र प्रमोद अग्रहरी पनि फिल्ममा रहनेछन ।
फिल्मको निर्देशनको जिम्मा पुर्नेन्द्र झाले लिएका छन । फिल्म माघको दोस्रो साताबाट छयांकनमा जाने बताइएको छ ।

Namaste Filmy

Read Previous

प्रिति जिन्टा भन्छिन : मेरो बिहेको समाचार हल्लामात्रै

Read Next

काठमण्डौ आएर सन्नी लियोनले के सिकिन ?