आमिर खानमाथि लाखौं थप्पड

amir khan slapबलिउड स्टार आमिर खान अहिले निकै आलोचित बनेका छन । उनले दिएको असहिष्णुतामाथिको अभिब्यक्तिका कारण उनलाई आधा भारतले बिरोध गरिरहेका छन । कयौ राज्यमा उनको पोस्टर जलाइएको छ भने दिल्लीमा उनीबिरुद्ध उजुरी समेत हालिएको छ ।
यहि बीचमा शिवसेना नामक संगठनले आमिरको बिरुद्ध नौलो अभियान चलाइरहेका छन । शिवसेनाले आमिरलाई थप्पड हान्ने हरेकलाई एक लाख रुपैया दिने घोषणा गरेका छन । जसअनुसार अहिले भारतभर आमिरलाई थप्पड हान्ने लहर चलेको छ ।
खासमा आमिरलाई थप्पड हानिएको तस्वीरहरु सोसल साइटमा निकै भाइरल बनेका छन । आमिरलाई थप्पड हान्नकै लागि छुट्टै वेभसाइटहरु समेत खुलेको छ ।
यस्ता साइटहरुमा आमिरलाई थप्पड हान्नेहरुको संख्या लाखौ पुगिसकेको छ । slapamir.com नामक साइटमा मात्रै ३२ लाखले आमिरलाई थप्पड मार्न चाहेका छन । यस्ता कयौ साइटमा आमिरबिरुद्ध थप्पड मारिएको छ । तर यी सबै थप्पड तस्वीर र भनाईमा मात्र हुन ।
आमिर अहिले कडा सुरक्षाका बिच रहेका छन । उनको घरमा समेत कयौ सुरक्षाकर्मी तैनाथ छन ।

Namaste Filmy

Read Previous

'झोला' पाइरेसीपछि प्रहरीमा किटानी । ५ करोड क्षतिपुर्ति माग

Read Next

सुरु भयो सृष्टि र अनमोलको रोमान्स