सुरु भयो सृष्टि र अनमोलको रोमान्स

gajaluरोमान्टिक लभस्टोरी भनिएको फिल्म गाजलुको छयांकन सुरु गरिएको छ । फिल्मको राजधानीको मैतिदेवीबाट छयांकन थालिएको हो । सोमबार पहिलो दिन अनमोल केसीको केहि दृश्यहरु कैद गरिएको छ । करिब ४५ दिनको सुटि सेड्युल लिएर युनिट फ्लोरमा उत्रिएको हो ।
फिल्ममा अनमोलको अपोजिटमा पुर्व मिस नेपाल सुष्टि श्रेष्ठ रहनेछिन । त्यस्तै सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान, गौरी मल्ल पनि फिल्ममा मुख्य भुमिकामा देखिनेछन । सफल फिल्महरु दिएका निर्देशक हेमराज बिसी फिल्मका निर्देशक हुन ।
रोहित अधिकारीको लगानी रहने फिल्म उत्कृष्ट बन्ने निर्माण टिमको दाबी छ । फिल्मलाई हर कोणबाट उत्कृष्ट बनाउन कुनै कन्जुस्याई नगरिने निर्माता आधिकारीको भनाई छ ।

Namaste Filmy

Read Previous

आमिर खानमाथि लाखौं थप्पड

Read Next

‘चकलेट’को पत्रकार भेटघाटमा नायिका पूजनाले चकलेट बाढ्दै स्वागत गरिन