‘चकलेट’को पत्रकार भेटघाटमा नायिका पूजनाले चकलेट बाढ्दै स्वागत गरिन

सोमबार राजधानीमा चलचित्र ‘चकलेट’युनिटले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । सो पत्रकार भेटघाटमा नायिका तथा निर्मात्री पूजना प्रधानले चकलेट बाढ्दै पत्रकार तथा पाहुनाको स्वागत गरेकी थिन ।फिल्मको ब्यापार बाट आफु लाई आउने सम्पूर्ण रकम बच्चाहरु बस्ने भवन निर्माणमा लगाउने पूजनाले यस अघि नै उद्घोष गरि सकेकी छन् । कार्यक्रममा कलाकार आयुष्मान घिमिरे र यति डेभ्लपमेन्ट बैङ्कले भवन निर्माणको लागि पूजना लाई पच्चीस पच्चीस हजार रुपैयाँ सहयोग गरे ।
cholet press meetचलचित्रकी नायिका तथा निर्मात्री पूजना प्रधानले ‘चकलेट’ सडकमा रहेर जीवनयापन गरिरहेका बालबालिकाको कथामा निर्माण भएको बताइन् । उनले ५० जना बालबालिकालाई पाल्ने, पढाउने जिम्मा लिएर भवन निर्माण गर्न लागेको बताइन् । चलचित्रबाट आएको सम्पुर्ण रकम भवन निर्माणमा नै खर्च हुने पूजनाको भनाई थियो ।त्यस्तै फिल्मका निर्देशक शर्माले आफुलाई फिल्म निर्देशनमा विश्वास गरेकोमा पूजना प्रति कृतज्ञता प्रकट गरे । फिल्मका कलाकार डा.आयुष्मान घिमिरेले समाजिक फिल्म हेर्न आग्रह गरे भने निर्देशक शर्माका गुरुद्धय दीपकराज गिरी र दिपाश्री निरौलाले ‘चकलेट’ सफलताको शुभकामना दिए ।
chocletनिर्देशक निर्मल शर्माले चलचित्र निर्देशन गरेवापतको सबै पारिश्रमिक आफूले भवन निर्माणका लागि दिएको पनि बताए ।चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य ,केशव भट्टराई,सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।चलचित्रको कथा स्वयं चलचित्रकी निमात्री तथा नायिका पुजना स्स्त्रीले लेखेकी हुन् ।चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।निर्मल शर्मा ‘गैँडा’को ‘डेब्यु’ निर्देशन रहेको चलचित्र चलचित्र चलचित्र १८ मंसिर बाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

सुरु भयो सृष्टि र अनमोलको रोमान्स

Read Next

मोदीलाई राजा राजेन्द्रको चुनौति : तिम्रो गर्दन चिलाएको हो ?