आमिर खानले गरे प्रहरीमा उजुरी ।

[dropcap][/dropcap]लिउडका मिस्टर पर्फेक्टन्स्टि आमिर खानले शनिबार प्रहरीमा एक उजुरी दर्ता गराएका छन । विभिन्न सामाजिक सञ्जालमा आफ्नो छवि बिगार्नको लागी चलाइरहेको विभिन्न अभियान रोक्नको लागी अमिरले प्रहरीमा उजुरी गरेको हो ।aamir-satyamev_0एक भारतीय अनलाइन पत्रिकामा उल्लेख भएअनुसार अमिरले सञ्चालन गरिरहेको शो ‘सत्यमेव जयते’ को छवि बिगार्नको लागी सामजिक साञ्जाल फेसबुक, ट्वीटर र ह्वाटसअप मा दुर्भावनापुर्ण अभियान चलाइरहेकोमा अमिरले आपत्ति जनाएका छन । यस्ता क्रियाकलाप बन्द गराउनको लागी अमिरले प्रहरी गुहारेका हुन र प्रहरी ले आफ्नो प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको जनाएको छ । अमिरले एक आइपी एस अधिकारीलाई भेटेरै यसबारेमा अनुसन्धानको लागी भनेका थिए ।
उनका अनुसार हाल आमिरले सञ्चालन गरिरहेको शो ‘सत्यमेव जयते’ मा एक निकायको लागी दान मागिरहेको भनी विभिन्न समाजिक सञ्जालहरुमा गलत संदेश प्रवाह भइरहेको बताएका थिए । सन्देशमा मस्जिद निर्माण तथा इस्लामिक युवाहरुको लागी प्लेसमेट सहयोगको लागी शोमार्फत दान मागीरहेको भन्ने उल्लेख भएकाप्रति अमिरले खण्डन गरेका छन । र यी सम्पुर्ण गलत क्रियाकलापलाई बन्द गर्नको लागी प्रहरीमा उजुरी दिएका छन ।

Namaste Filmy

Read Previous

'तामाङ चलचित्र संघ'मा नयां कार्य समिति ।

Read Next

'कमेडि क्वीन' भारती सिहं मराठि फिल्ममा ।