फ्राइडे रिलिज : ‘चकलेट’

फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार  नेपाली कथानक चलचित्र ‘चकलेट’ रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘चकलेट’को बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।(भिडियो सहित )
‘चकलेट’
chockletफ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका मुख्य मुख्य सिनेमा घर बाट चलचित्र ‘चकलेट’प्रदर्शनमा आएको छ ।चलचित्र ‘चकलेट’लाई हास्य अभिनेता निर्मल शर्मा ‘गैँडा’को निर्देशन गरेका हुन् ।सडक बालबालिकाको कथालाई उठाएको चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।चलचित्रमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य ,केशव भट्टराई,सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।चलचित्रको कथा स्वयं चलचित्रकी निमात्री तथा नायिका पुजना स्स्त्रीले लेखेकी हुन् ।चलचित्रमा अर्जुन पोखरेल, शिखर सन्तोष, रायन कार्कीको संगीत, प्रसन्न पौडेल र बब्बु थापाको नृत्य रहेको छ ।चलचित्र बाट उठेको पैसाले नैय्का पुजनाले ५० जना बालबालिकालाई पाल्ने, पढाउने जिम्मा लिएर भवन निर्माण गर्न बताएकी छिन् ।
https://www.youtube.com/watch?v=628XBtzrAJA

Namaste Filmy

Read Previous

शाहरूख र काजोलको चलचित्र ‘दिलवाले’को गीत सार्वजनिक(भिडियो सहित)

Read Next

दैब नै पछि लागे पनि मोनिका र हबिब सगै जिउने मर्ने कसम खादै (भिडियो सहित )