प्रेम परिवारको स्वरमा “आधा पेज”को नया गीत सार्वजनिक (भिडियो सहित)

यहि पुष १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र “आधा पेज”को नया गीत सार्वजनिक गरिएको छ ।चर्चित बाल गायक प्रेम परिवारको स्वर रहेको ‘मेरो आखा रसौछ’बोलको गीतमा प्रेम सगै समिताको पनि आवाज रहेको छ ।रमण गायकको संगीत तथा शब्द रहेको यस गीतलाई हरि वाग्लेले नूत्य निर्देशन गरेका हुन् ।सार्वजनिक गीतमा सारिका न्यौपाने र असिम आरडीलाई फिचरिंग गरिएको छ ।
aadha page song2प्रदर्शनको मिति नजिक आउदै गर्दा चलचित्र युनिट अहिले व्यापक प्रचार प्रसारमा लागेको छ ।चलचित्रको प्रचार प्रसारको चलचित्र युनिट छिट्टै देश दौडाहामा निस्कने भएको छ । चलचित्रलाई समुन्द्र भट्टको निर्देशन गरेकी हुन् ।चलचित्रमा सलोन बस्नेत ,रिस्ता बस्नेत ,रुपेश न्यौपाने , बिपना बस्नेत , दीपक क्षेत्री ,सुरज आरडी,सन्तोष ढकाल,, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।रुपक न्यौपानेको प्रस्तुतिमा परी फिल्मको ब्यानरमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् ।चलचित्रमा रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत,रामजी लामिछानेको नूत्य निर्देशन,इन्द्र लाल श्रेष्ठको छायांकन ,आकाश बुढाथोकीको कथा ,सन्तोष ढकालको सम्पादन रहेको छ ।

Namaste Filmy

Read Previous

सन्नी लियोनसँग खेल्न चाहनुहुन्छ ?

Read Next

छाँयाकन स्थल हेर्नका लागि चलचित्र निर्माण युनिट युरोप प्रस्थान