'चक्लेट' नचलेपछि पुजनाले लेखिन : नेपालीलाई राम्रो भन्दा हावा फिल्म मनपर्दो रैछ

pujana-pradhan-choclateनिकै उत्साह बोकेर ‘चक्लेट’ फिल्म निर्माण गरेकी नायिका पुजना प्रधान यतिबेला खिन्न छिन । किनकी उनको फिल्मलाई दर्शकले रुचाएनन् । यसबाट निर्देशनमा डेब्यु गरेका कलाकार निर्मल शर्मा गैडा पनि दुखी छन ।
चक्लेट किन चलेन, यसको कथाबस्तु र प्रस्तुतिको कारण हुन सक्छ या अरु कुनै कारण । तर नायिका तथा प्रस्तुतकर्ता पुजनाले भने दर्शकलाई नै दोष दिएकी छिन । उनले सोमबार फेसबुकमा स्टाटस राख्दै लेखिन : तपाई हरुले हेरिदिनु भएन त्यसैले चकलेट फिल्म चलेन।। नेपाली लाई राम्रो कथा राम्रो फिल्म भन्दा हावाको कथा भएको फिल्म नै मनपर्दो रहेछ। मैले राम्रो मनले राम्रो कामको लागि फिल्म बनाए तर तपाईहरुको साथ पाईन।। धन्यवाद यो नै मेरो फेसबुकमा अन्तिम स्ट्याटस हो आजा बाट म फेसबुक पनि चलाउदिन।।।
उनको यो फेसबुक अभिब्यक्तिलाई कसरी बुझ्ने ? असफलताको आक्रोश या दर्शकप्रतिको घूर्कि ? अहिले फिल्म नगरीमा चर्चा सुरु भएको छ ।

Namaste Filmy

Read Previous

फिल्ममा सन्नी लियोनलाई २७ बिकिनी

Read Next

मेलोडि गीतमा पनि पर्फेक्ट टंक । 'च्याम्पियन' गीत रिलिज