'क्लासिक' सबै गीत रिलिज । अडियो सुन्नुहोस

classic 3सर्वाधिक प्रतिक्षित मानिएको फिल्म ‘क्लासिक’को सबै गीतहरु अडियोमा सार्वजनिक गरिएको छ । यसअघि ‘हाँरे हाँरे’ बोलको स्याड गीत सार्वजनिक गरेको फिल्म युनिटले अहिले फिल्मको सबै गीतलाई युटुबमा राखेको हो ।
सार्वजनिक गीतहरु निकै सुमधुर र स्रोताको मनमा बस्न सफल हुने देखिन्छ । म्युजिकल लभस्टोरी फिल्मको सबै गतिमा ताराप्रकाश लिम्बुको संगीत छ । गीतहरुमा युवराज चौलागाई, मेलिना राई र कोशिस क्षेत्रीको स्वर सुन्न सकिन्छ ।
यसअघि नोभेम्बर रेन निर्माण गरेको टीमले क्लासिक निर्माण गरेको हो । फिल्ममा आर्यन सिग्देल र नम्रता सिग्देलको केन्द्रिय भुमिका छ । फिल्ममा उनीहरुको फरक भुमिका रहेको बताइन्छ । दिनेश राउत निर्देशित फिलमको प्रस्तुतकर्ता सुवास गिरि हुन । फिल्म माघ २९ गतेबाट रिलिज हुनेछ ।

Namaste Filmy

Read Previous

आमा बनिन् रानी मुखर्जी, जन्माइन छोरी

Read Next

बन्द भए मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल