कलाकार सघंको अध्यक्षमा बोगटि

ramkeshar-bogatiशनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको १४ साधारणसभाबाट रामकेशर बोगटि अध्यक्षमा निर्वाचित भएका छन । उनले प्रत्याशी लय संगा्रैलालाई ७८ मतले पराजित गर्दै बिजयी भएका हुन । बोगटिको पक्षमा २३८ मत खसेको थियो भने संग्रौलाको पक्षमा १६० मत खस्यो । अध्यक्षकै अर्का उमेदवार बिशाल बिष्टको पक्षमा जम्मा १० मत परेको थियो ।
दुई उपाध्यक्ष पदमा भने १८१ मत ल्याएर रेजिना उप्रेतिर २७७ मत ल्याएर सानुकुमार ताम्रकार बिजयी भए । अर्का प्रत्याशी मनोज केसी उनीभन्दा निकै पछि रहे । महासचिवमा कृष्ण ढुङगानालाई पराजित गर्दै सरिता लामिछाने, सचिवमा सञ्जय खतिवडालाई पराजित गर्दै चेतबहादुर सिहं राजा, कोषाध्यक्षमा अकाश खवास लाई पराजित गर्दै बिमला केसी निर्वाचित भए ।
१० सदस्यहरुमा सर्वाधिक मत ल्याउदै गजित बिष्टसँगै शिवहरी पौड्याल, सबिन श्रेष्ठ, देविराम पराजुली, कविता गेलाल, शिवहरी बैरागी, धनबहादुर बम्जन बिजयी भए । सहकोषध्यक्षमा भने नायिका नन्दिता केसी यसअघि नै निर्विरोध भइसकेकी थिइन । नवनिर्वाचित सबैलाई नमस्तेफिल्मीको बधाई ।

Namaste Filmy

Read Previous

फिल्म हेर्दा 'हिक्क हिक्क' रुने मन्त्री

Read Next

'क्लासिक' आर्यन र नम्रताको लागि बिशेष