'क्लासिक' आर्यन र नम्रताको लागि बिशेष

Classic-movieनिर्माण पुरा नहुदै प्रतिक्षित फिल्मको लिस्टमा छ ‘क्लासिक’ । हिट फिल्म नोभेम्बर रेन टीमले बनाएको यो फिल्म दर्शकका लागि बिशेष प्रतिक्षामा छ । फिल्म दर्शकका लागि मात्र हैन स्वयम हिरो हिरोइन आर्यन सिग्देल र नम्रता श्रेष्ठको लागि पनि बिशेष छ ।
फिल्मको छयांकन सकिएको अवसरमा आयोजित एक कार्यक्रममा यो जोडिले फिल्म आफुहरुको लागि बिशेष भएको बताए । लामो समयसम्म दर्शकले सम्झिरहने कथा भएकाले फिल्मको नाम क्लासिक राखिएको आर्यनले बताए । नम्रतासँगै आफुले पनि दृष्टिबिहिनको भुमिका निभाएको भन्दै उनले भुमिका निकै च्यालेन्जिङ रहेको बताए ।
कार्यक्रममा नम्रता र आर्यनले एकअर्काको खुलेर तारिफ गरेका थिए । दिनेश राउतको निर्देशनमा बनेको फिल्ममा आर्यन स्वयम निर्माताको रुपमा छन । उनले सुवास गिरिसँग मिलेर फिल्म बनाएका हुन । दृष्टिबिहिनहरुको प्रेमकथा समेटिएको फिल्ममा आर्यन र नम्रतासँगै  रोमी घिमिरे, सुशिल काफ्ले, प्रज्वल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।Classic-movie1माघ २९ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा राजेश श्रेष्ठको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, रेनशा राइको कोरियोग्राफी, छेतन गुरुङको कथा छ । प्रेम दिवसको समयमा दर्शक क्लासिकको प्रेम कथामा बग्न सक्ने आर्यन र नम्रताको विश्वास छ । निर्माता गिरिले पनि कुनै कम्प्रोमाइज नगरि फिल्म बनाएकाले नोभम्बर रेनभन्दा उत्कृष्ट बनेको दाबी गरे ।

Namaste Filmy

Read Previous

कलाकार सघंको अध्यक्षमा बोगटि

Read Next

सांगीतिक क्षेत्रमा जम्दै धिरज