शाहिद कपुरदेखि श्रेया घोषालसम्म । यी हुन यसबर्ष बिहे गर्ने बलिउड सेलेब्स

Shahid-kapoor-shreya-ghoshal-weddingसन २०१५ अब केहि दिनमात्र बाँकि छ । बर्षको उत्तराद्र्धमा केहि भारतीय मिडियाले यसबर्ष बिहे गर्ने बलिउड सेलेब्रेटीको सुचि नै तयार गरेका छन । तुलनात्मक रुपमा यसबर्ष अघिल्ला बर्षभन्दा धेरै स्लेब्रेटी विवाहको बन्धनमा बँधिए ।
स्टार हिरो शाहिद कपुरदेखि स्टार गायिका श्रेया घोषासम्म यसबर्ष बिवाह बन्धनमा बाँधिए । यसबाहेक पनि थुप्रै सेलेब्रेटीले यो बर्ष बिहे गरे ।

शाहिद कपुर
कयौ युवतिको मनमा राज गर्न सफल चक्लेटि हिरो शाहिद कपुरले पनि यो बर्ष बिवाह गरे । दिल्लीकी मिरा राजपुतसँग उनले जुलाई ७ मा बिवाह गरेका हुन ।

श्रेया घोषाल
बलिउडमा राज गरिरहेकी पाश्र्वागायिका श्रेया घोषालले यसैबर्ष बिहे गरिन् । उनले फेब्रुअरी ५ मा लामो समयदेखि प्रेममा रहेका शिलादित्य मुखोपाध्याय सँग लगनगाँठो कसेकी थिइन ।

क्रिकेटर हरवजन सिहं र अभिनेत्री गिता बसरा
खेलमा सधै विकेट झार्ने क्रिकेटर हरवजन सिहं र बलिउड अभिनेत्री गिता बसराले पनि यसबर्ष बिहे गरे । उनीहरुले सामन्य रुपमा उनले अक्टुबर २९ मा बिहे गरेका थिए ।

अभिनेता कुण खेमु र अभिनेत्री सोहा अलि खान
बलिउड अभिनेता कुण खेमु र अभिनेत्री सोहा अलि खानले पनि यस बर्ष बिवाह गरे । उनीहरुले जनवरी २५ मा एकअर्कालाई बरमाला लगाएका थिए ।

अभिनेता कुणाल कपुर
अभिनेता कुणाल कपुरले पनि यसबर्ष बिहे गरे । उनले फेब्रुअरी ९ मा नैना बच्चनसँग लगनगाँठो कसेका हुन ।

गायक हर्षदिप कौर
गायक हर्षदिप कौरले पनि यसबर्ष आफ्नै मिल्ने साथी मनकित सिहंसँग बिहे गरे । उनीहरुले मार्च २१ मा बिहे गरेका थिए ।

अभिनेता शाहवर अलि
अभिनेता शाहवर अलि पनि यसबार्ष विवाह बन्धनमा बाँधिए । उनले २९ मार्चमा प्रेमिका मार्सेला आयशासँग बिहे गरेका थिए ।

निर्देशक अभिषेक कपुर
निर्देशक अभिषेक कपुरले पनि यसबर्ष स्वीडेन बस्ने प्रज्ञा यादव सँग बिहे गरे । उनले मे ४ मा बिहे गरेका थिए ।

Namaste Filmy

Read Previous

सांगीतिक क्षेत्रमा जम्दै धिरज

Read Next

निखिलको डिमान्ड २० लाख ?