हिरोइनसँग निश्चल बस्नेतको इन्गेजमेन्ट, फाल्गुन ५ मा बिहे

nishchal-and-swastimaअन्तत निर्देशक एवं अभिनेता निश्चल बस्नेतले हिरोइन स्वास्तिमा खड्का सँग इन्गेजमेन्ट गरेका छन । ‘होस्टेल रिटर्न्स’ हिरोइन खडकासँगको विहेलाई लिएर निश्चलले यसअघि खासै मुख खोलेका थिएनन् । मिडियामा आएको खड्कासँगको बिहेको बिषयलाई पनि उनले नकारेका थिए ।
तर अहिले उनले हिरोइन खड्कासँगै बिहे तय गरेका हुन । सोमबार तीनकुनेको सिद्धार्थ कटेजमा यी दुईले औठि साटेका हुन । फिल्म क्षेत्रको कोहि पनि सहभागी नरहेको उक्त समारोहमा दुई पक्षको परिवार मात्र सहभागी थिए ।
निश्चलले फाल्गुन ५ गते बिवाहको साइत जुराएका छन । त्यहि बेला सबै फिल्मकर्मीलाई बोलाइने उनले बताए । लुट बाट निर्देशनमा डेब्यु गरेका निश्चल पछिल्लो समय अभिनयमा पनि जमेका छन । आर्किटेक्चरकी बिद्यार्थी स्वस्तिमा भने फिल्मभन्दा म्युजिक भिडियोमा जमिरहेकी छिन ।

बिहेको कुरा चल्दैछ, हेरौ के हुन्छ : निश्चल बस्नेत

Namaste Filmy

Read Previous

निखिलको डिमान्ड २० लाख ?

Read Next

एक्शन स्टार निखिल उप्रेती र र अभिनय किङ्ग सौगात मल्ल ‘संरक्षण’मा एक साथ