सलमान खानको विवाह अर्को बर्ष

salman-luliyaउमेरले ५० कटे पनि अहिलेसम्म अविवाहित रहेको बलिउड भाइजान सलमान खान बिवाहको बिषयले प्राय चर्चामा रहीरहन्छन । उनको विवाह हरेक फ्यानको लागि पनि प्रतिक्षित बिषय नै बनेको छ ।
अहिलेसम्म सलमानले बिहे नगर्नुको एउटै कारण मानिएको थियो हिट एण्ड रन केस । सलमानले आफुलाई जेल हुनसक्ने देखिएकाले कित जेल सजाय सकेर या कि त यो केस जितेर मात्रै बिहे गर्ने भन्दै आएका थिए ।
तर अब यो केसबाट सलमान पुर्ण रुपमा मुक्त भइसकेका छन । त्यसैले उनका आफन्तमा उनको बिवाहको चर्चा सुरु भएको छ । उनी निकट स्रोतका अनुसार सलमानले अर्को बर्ष अर्थात २०१६ मा बिवाह गर्न सक्छ । उनले बिहे गरेको खण्डमा प्रेमिका लुलिया बन्तुरसँग गर्नेछन । रोमानियकि टिभी पर्सनालिटि बन्तुर सँग सलमान पटकपटक डेटमा भेटिएका छन । त्यसैले सलमान अहिले बन्तुरसँग रिलेशनमा रहेको चर्चा छ ।
यसबारेमा सलमानले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उनले न त बन्तुरसँगको सम्बन्ध स्वीकारेका छन नत बिहेबारे मुख खोलेका छन । त्यसैले धेरै युवतिसँग रिलेशनमा रहिसकेका उनले बिहे चै कहिले गर्लान ठुलै प्रतिक्षाको बिषय बनेको छ ।

Namaste Filmy

Read Previous

आधुनिक गीति संग्रह 'संजोक'सार्वजनिक

Read Next

मुटुको धड्कन सुन्न रानुको आग्रह