अष्ट्रेलियामा 'ऋतु'को शो माथी शो थपिदै ।

[dropcap][/dropcap]त शुक्रबार अर्थात फाल्गुन २३ बाट वल्र्डवाइड रिलिज भएको फिल्म ‘ऋतु’ले अष्ट्रेलियामा शानदारको ब्यापार गरिरहेको रिपोर्ट आएको छ । अष्ट्रेलियाको बक्सअफिस रिपोर्टअनुसार सिडनीमा फिल्मको ओपनिङ पनि उत्साहजनक रुपमा भएको थियो भने सोमबार सम्म आइपुग्दा पनि उत्साहजनक दर्शकको उपस्थिति रहेको निर्माण युनिटको भनाई छ ।ritu newएक निर्माता अशोक गौतमले सिडनीमा फिल्मको सोमबारको शो हरु हाउसफुल रहेको र अर्को हप्ता पनि २ वटा शोहरु हुने बताउनुभयो । उनका अनुसार यो अष्टेलिया सिडनीको मात्र रिपोर्ट भएको र अन्य विभिन्न १६ वटा शहरमा फिल्म अझै प्रदर्शन हुन बाकि रहेको जनाइएको छ । फिल्म निर्माण युनिटका अनुसार अष्ट्रेलियाकै ब्यापारले मात्रै पनि फिल्मको लगानी रिकभर हुने सम्भावना छ ।
त्यस्तै फिल्मले नेपाली हलहरुमा पनि राम्रो दर्शकको साथ पाइरहेको छ । फिल्मले प्रदर्शनको तीन दिनमा २६ लाख बराबरको ग्रस कलेक्सन गरेको रिपोर्ट आएको छ । काठमण्डौमा फिल्म बितरण गरेको दर्शना आर्टसले उपत्यका र मोफसलको यो टोटल कलेक्सन लाई सार्वजनिक गर्दै पुष्टि गरेको हो । हाललाई फिल्मको अकुपेन्सी त्यति उच्च नभएपनि बिस्तारै माउथ पब्लिसिटिले साथ दिने र ब्यापारमा पिक अप लिदै जाने निर्माण पक्षको दाबी छ । फिल्म अझै पनि विभिन्न शहरहरुमा प्रदर्शनमा आउन बाकि रहेकोले पनि फिल्मको ब्यापार माथी उक्लने सम्भावना रहेको फिल्मकर्मीहरुको भनाई छ ।
ritu
मनोज अधिकारीको डेब्यु निर्देशन रहेको फिल्मलाई शैलु आचार्य, अशोक गौतम, सुरज प्रधान र अपिल बिष्टले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा राजवल्लभ कोइराला संगै पुर्व मिस नेपाल मलिना जोशी, रिमा विश्वकर्मा,बिष्णु न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ । सन्दीप बडालले लेखेका फिल्ममा हेमन्त राना र सुजिल कर्मचार्यको संगीत, भरतमणी रेग्मीको सम्पादन, सुशन प्रजापतीको छायाँकन तथा भिमसेन गुरूङको करियोग्राफी रहेको छ । चलचित्रको ९५ छायांकन अष्ट्रेलियाको रमणिय स्थलहरुमा गरिएको थियो ।

Namaste Filmy

Read Previous

'कमेडि क्वीन' भारती सिहं मराठि फिल्ममा ।

Read Next

एकपछि अर्को फिल्ममा ब्यस्त बन्दै निर्देशक बेदप्रसाद भुर्तेल ।