दयाहाङ, प्रियंका र केकीको 'लालटिन' सुरु

laltin-muhurtaचलचित्र ‘लालटिन’को छयांकन सुरु गरिएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्म निर्माणको घोषणासहित छयांकन थालिएको हो । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की र केकी अधिकारीको मुख्य भुमिका रहनेछ ।
घोषणा समारोहमा भने दुई नायिका प्रियंका र केकी उपस्थित भएनन् । दयाहाङले बोल्दै आफुले जाडोमा फिल्म नगर्ने सोच बनाएको भए पनि लालटिनको अफर नकार्न नसकेको बताए । बिशुद्ध समाजिक कथामा फिल्म बन्ने र फिल्म उत्कृष्ट बन्ने उनको बिश्वास छ ।
फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गर्नेछन भने भानुप्रतापले निर्माण गर्दैछन । दया, प्रियंका र केकीको अलवा राज कटवाल, रिया श्रेष्ठ, भानुप्रताम, अर्जनु गुरुङ लगायतको पनि फिल्मा अभिनय रहनेछ ।  हरी लामाको छायांकन रहने चलचित्रमा कविराज गहतराजको नृत्य  निर्देशन, रोशन श्रेष्ठको एकसन, किरण माइकल र भानु प्रतापको कथा रहनेछ ।

Namaste Filmy

Read Previous

मुटुको धड्कन सुन्न रानुको आग्रह

Read Next

पहिलोपटक ऋतिकलाई रिप्लेस गर्दै अक्षयकुमार