शाहरुख र काजोललाई नेपाल ल्याउन २ करोड

shaharukh-kajolबलिउड बादशाह शाहरुख खानसँगै काजोल अभिनित फिल्म ‘दिलवाले’लाई नेपाल भित्रयाउन महंगो रकम तिरिएको छ । बितरण कम्पनी दर्शना आर्टसले २ करोडमा नेपाल बितरणको अधिकार लिएको हो ।
फिल्मलाई दर्शनाले हालसम्मकै महंगो रकम तिरेको हो । शाहरुखको ब्राण्ड भ्यालु र नेपालमा उनको क्रेज अत्याधिक रहेकाले महंगो रकम तिरिएको दर्शना आर्टसले जनाएको छ । फिल्म देशभरका सय भन्दा बढि हलमा लाग्नेछ।
यसैबीच शाहरुखले नेपाली दर्शकलाई सम्बोधन गर्दै सन्देश दिने तयारी भइरहेको छ । यसबाट नेपाली दर्शक र बलिउड सेलेब्रेटिको सम्बन्ध प्रगाढ हुने देखिन्छ ।
रोहिट शेट्टि निर्देशित फिल्ममा शाहरुख र काजलसँगै बरुण धवनको पनि अभिनय छ ।

Namaste Filmy

Read Previous

पहिलोपटक ऋतिकलाई रिप्लेस गर्दै अक्षयकुमार

Read Next

'लिटरका लिटर पोखियो' दिलिप र अनुको माया । भिडियो