एकपछि अर्को फिल्ममा ब्यस्त बन्दै निर्देशक बेदप्रसाद भुर्तेल ।

[dropcap][/dropcap]लचित्रका अभिभावक भनेको निर्देशक हो । निर्देशककै निर्देशनअनुसार एउटा राम्रो फिल्म बन्छ र फिल्मलाई दर्शकले रुचाउनु नरुचाउनुको प्रत्यक्ष श्रेय पनि निर्देशकलाई जाने गर्दछ । त्यसैले निर्देशक हरेक कोणबाट सक्षम र दक्ष हुनु जरुरी छ । तर नेपाली चलचित्रहरुमा यसरी लेखन, निर्देशन, प्राविधिक ज्ञान, कला गलाका हिसाबले पर्फेक्ट निर्देशक औलामा गन्न सकिने मात्र छन ।sanjog
त्यहि सिमित निर्देशकमध्येमा नयां पुस्ताका निर्देशक बेद प्रसाद भुर्तेललाई लिन सकिन्छ । उनले निर्देशन गरेका फिल्महरु रिलिज भइ नसेकेको भए पनि पछिल्लो समय उनी निकै ब्यस्त निर्देशक बनेका छन । उनको निर्देशन रहेको पहिलो फिल्म संजोग यतिखेर पोष्ट प्रोडक्सनमा छ । प्रदर्शन मिति तय हुन बाकि संजोगको प्रविधिक कार्य नसकिदै बेद भने अर्को फिल्म कुर्बानको निर्देशनको तयारीमा जुटिसकेका छन । अगामी चैत्र पहिलो साताबाट उनी कुर्बानको छयांकनमा ब्यस्त हुनेछन । सबिन श्रेष्ठ, प्रज्वल गिरी, कमल कृष्ण लगायतको अभिनय रहने कुर्बानमा कथा पनि बेद स्वयम ले लेखेका हुन ।kurbaanत्यस्तै उनले कुर्बानको काम सकेलगतै भित्ती नामको अर्को फिल्म निर्देशन गर्नेछन भने त्यसपछि पनि अरु दुई प्रोजेक्टको लागी उनी अनुबन्धित भइसकेका छन । भित्तीको सम्पुर्ण काम सकेर निर्देशक ब्यस्त भएकोले छयांकन रोकिएको हो । कुर्बान सकिने बितिकै भित्तीको काम सुरु गर्ने उनले बताए ।bhitti
यसरी एकाएक ब्यस्तता बढ्नुको कारण निर्देशनमात्र  नभई राम्रो कथा लेखनको कला पनि बेदप्रसाद भित्र भएकोले हो । उनी भन्छन  एक राम्रो स्टारी दिन सक्ने र सबैसंग मिल्ने भएकोले पनि आफु निर्माताहरुको रोजाई परेको हो । उनले निर्देशन गर्ने फिल्महरुमा प्राय फास्ट फाइट समेटेको हुन्छ र नायकमा प्रज्वल गिरी दोहोरिएका छन ।
बेदको नजरमा सविन श्रेष्ठ र प्रज्वल गिरीमा हिरोमा हुनु पर्ने सबै गुणहरु भएकोले उनीहरुलाई फिल्ममा लिएको उनको भनाई छ ।
यसरी एक पछि अर्को फिल्मको लर्को लागिरहेको निर्देशक भुर्तेल अझै केहि निर्माताहरुसंग कुरा भइरहेको बताउछन ।

Namaste Filmy

Read Previous

अष्ट्रेलियामा 'ऋतु'को शो माथी शो थपिदै ।

Read Next

चितवनमा रंगमञ्च । नाटक 'सकस' दोहोर्याएर मञ्चन गरिदै ।