पहिलो पटक रजनीकान्तसंग भीड्दै अक्षयकुमार

akshyakumar-rajanikant-robot2एक्सन किंग अक्षयकुमार सुपरस्टार रजनीकान्तको फिल्म ‘रोबर्ट २’ मा अनुबन्धित भएका छन । फिल्ममा उनी रजनीकानतको अपोजित भिलेनको रोलमा देखिने बताइएको छ ।
यो कुराको पुष्टि स्वयम अक्षयकुमारले ट्वीट गर्दै गरेका हुन । उनले रजनीकान्त सरसँग फिल्म गर्दैछु, यो सालको अन्त मेरो लागि योभन्दा अरु खुशी के हुन सक्छ भन्दै ट्वीट गरेका छन । उनले ट्वीटरमा तस्वीर पनि शेयर गरेका छन । जहाँ अक्षयसँगै रजनीकान्त, फिल्मका निर्देशक र संगतिकार छन ।
उनले निकै उत्साहित रहेको पनि उल्लेख गरेका छन । अक्षयकुमार र रजनीकान्त एउटै पर्दामा देखिन लागेको यो नै पहिलो पटक हो । फिल्ममा एमी जैक्सन पनि मुख्य भुमिकामा रहने बताइएको छ ।एस शंकरको निर्देशनमा बन्ने फिल्ममा एआर रहमानको संगीत रहनेछ । फिल्म अर्को बर्षबाट छयांकनमा जानेछ ।

Namaste Filmy

Read Previous

निखिल र सौगातसँग फिल्म खेल्दै रमेश खरेल

Read Next

यसरी खाना पकाउछन् आर्यन