'धुम' चौथो सिक्वेलको ट्रेलर हेर्नुहोस, प्रभास मुख्य भुमिकामा ?

dhoom650_121715055108बिहिबार बलिउड फिल्म निर्माण कम्पनी यशराज फिल्मसले ब्लकबस्टर फिल्म ‘धुम’को चौथो सिक्वेलको ट्रेलर रिलिज गर्यो । निर्माण नै सुरु नगरिएको फिल्मको ट्रेलर भन्दै सार्वजनिक गरिएको भिडियोमा अघिल्ला ‘धुम’ सिरिजलाई आकर्षक तरिकाले स्मरण गराइएको छ ।
फिल्मको नाम ‘धुम रिलोडेड’ राखिएको छ । निर्माण कम्पनीले फिल्मको कथा अघिल्ला ‘धुम’ सिरिजजस्तै रहने जनाएको छ ।
फिल्ममा दक्षिण भारतिय सुपरस्टार प्रभाष मुख्य भुमिकामा देखिने समभावना छ । उनीसँग यसबारेमा छलफल भइरहेको बताइन्छ । अभिषेक बच्चन र उदय चोपडा पनि प्रहरीको रुपमा रहनेछन। नायिकाको भने खोजी नै गरिएको छैन ।
फिल्मको २००४ मा रिलिज पहिलो सिरिजमा जोन अब्रहम, २००६ मा रिलिज दोस्रो सिरिजमा ऋतिक रोशन र २०१३ मा रिलिज तेस्रो सिरिजमा आमिर खान मुख्य भुमिकामा थिए । चौथो सिक्वेलमा शाहरुख खान रहन सक्ने चर्चा चले पनि अहिले भने प्रभाषसँग कुरा भइरहेको स्रोत बताउछ ।

Namaste Filmy

Read Previous

यसरी खाना पकाउछन् आर्यन

Read Next

‘प्रेम गीत’ को अफिसियल ट्रेलर रिलिज,गीत जस्तै ट्रेलर पनि उत्कृस्ट (भिडियो सहित )