‘प्रेम गीत’ को अफिसियल ट्रेलर रिलिज,गीत जस्तै ट्रेलर पनि उत्कृस्ट (भिडियो सहित )

भ्यालेनटाइन्स डेको अवसर पारेर माघ २९ गते बाट प्रदर्शनमा आउन लागेको ‘प्रेम गीत’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ ।चलचित्रको सार्वजनिक ट्रेलर हेर्दा निकै सुन्दर र उत्कृस्ट देखिनुको साथै दर्शकको सजिलै मन जित्ने देखिन्छ ।चलचित्रको ‘म यस्तो गीत गाउँछु’ बोलको गीतले अहिले बजारमा राम्रै चर्चा मात्रै पाएको छैन कि दर्शक तथा स्रोतको मन समेत जित्न सफल भएको छ ।
prem geet trilarचलचित्रमा कागबेनी, मुक्तिनाथ, मार्फा, टुकुचे, बेनी, पोखरा, मुग्लिन र काठमाण्डूका सुन्दर दृश्यले सारै मनोमोहक देखाउनुको साथै प्राकृतिक माया देखाएको छ । चलचित्रलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन्।चलचित्रमा प्रदीप खड्का, पूजा शर्मा सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको कलाकारको मुख्य भूमिका रहेको छ ।यो फिल्म युवा पुस्ताको प्रेम र पारिवारीक कथा बस्तुमा आधारित छ ।

Namaste Filmy

Read Previous

'धुम' चौथो सिक्वेलको ट्रेलर हेर्नुहोस, प्रभास मुख्य भुमिकामा ?

Read Next

‘लक्ष्य’को फस्टलुक सार्वजनिक,सबिनको ‘लक्ष्य’र 'ताकतवर'चैत्र १२ मा आउने ,निर्देशक भन्छन चैत्र १२ फिल्म रिलिज हुदैन