करिश्माको 'फागु'को ट्रेलर सार्वजनिक,शिल्पा एक्शन अबतारमा (भिडियो सहित )

नायिका करिश्मा मानन्धरको निर्माण रहेको चलचित्र ‘फागु’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ ।शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
faguकार्यक्रममा फिल्मको अडियो र एउटा नया गीतको भिडियो  गीत पनि सार्वजनिक गरिएको थियो । नायिका शिल्पा पोखरेलको चलचित्रमा मुख्य भूमिका रहेको छ । कार्यक्रममा अभिनेत्री शिल्पाले फरक विषयवस्तु बोकेको पात्र चित्रण गर्न पाउँदा गर्व महसुस भएको भन्दै फिल्मबाट आशावादी पनि उत्तिकै रहेको बताईन् । चलचित्रमा शिल्पा सगै नव अभिनेता सुवास पराजुली देखिएका छन् भने चलचित्रमा अभिनेता राजेश हमाल,अभिनेत्री गौरी मल्ल ,प्रमोद अग्रहरी, टिका पहारी, बसन्त भट्ट, विष्णु सापकोटा लगायतको मुख अभिनय रहेको छ ।फागुन ७ मा रिलिज हुने यस चलचित्रलाई सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने छिन् ।तराई मधेशको एक परिवारको कथा समेटिएको भनिएको यो फिल्ममा करिश्मा मानन्धर, विनोद मानन्धर, मिलनबाबु मल्ल, राजन जैन लगायतको लगानी छ । चलचित्रमा बसन्त सापकोटाको संगीत ,हिमाल केसीको एक्सन, विपिन मल्लको सम्पादन, कमल राइको नृत्य निर्देशन, रामशरण उप्रेतीको छायांकन रहने छ ।

Namaste Filmy

Read Previous

‘लक्ष्य’को फस्टलुक सार्वजनिक,सबिनको ‘लक्ष्य’र 'ताकतवर'चैत्र १२ मा आउने ,निर्देशक भन्छन चैत्र १२ फिल्म रिलिज हुदैन

Read Next

‘के म तिम्रो होइन र’को छायांकन सकियो