चलचित्र 'बागमती'को प्रचार प्रसार लागि महानायक राजेश हमालले साइकल चलाए (फोटो फिचर)

rajesh hamalशनिबार राजधानीको क्रितिपुरबाट चलचित्र ‘बागमती’को प्रायोजनमा एक साइकल र्याली सम्पन्न भयो ।महानायक राजेश हमालले साइकल र्याली कार्यक्रमको उद्घाटन मात्रै गरेनन कि चलचित्र बागमतीको प्रचार प्रसारको लागि आफैले साइकल चलाएर कार्यक्रम सफल समेत परेका थिए ।
rajesh hamal 3चलचित्र बागमतीको प्रदर्शन मिति नजिक आउदै गर्दा चलचित्रका मुख्य कलाकार राजेश हमाल नै चलचित्रको प्रचार प्रसारको लागि खुलेर लागेका छन् ।सो कार्यक्रममा हमालले आफ्नो नया चलचित्र बागमती हेर्न सबै दर्शकलाई अनुरोध समेत गरेका थिए ।महानायक राजेश हमालले रिबन काटेर सुरु गर्नु भएको सो साइकल र्याली क्रितिपुर बाट सुरु हुदै चोभार ,बागमती ,नखु ,पाटन दरबार ऎस्कुयर ,कुपन्डोल ,त्रिपुश्वर ,असन ,नरदेवी ,कालिमाटी ,बल्खु हुदै क्रितिपुर नै पुगेर समापन भएको थियो ।
rajesh hamal 1चलचित्र बागमती लेखिएको टिशर्ट लगाएर करिब ३०० जनाले ४० किलो मिटरको सो साइकल र्याली पुरा गरेका थिए । ‘cycling for rebuilding nepal ”save fuel save environment ‘नाम राखिएको सो साइकल र्यालीलाई लायन क्लब अफ गोल्डेन टाउन तथा इन्द्रेणी क्लब क्रितिपुरको सयुक्त आयोजनामा गरिएको थियो ।महानायक राजेश हमालले अमेरिका बाट फर्के लगतै चलचित्र बागमतीको प्रचार प्रसारको लगेर खुलेरै लाग्ने बताए अनुसार हमाल साइकल र्याली मा सहभागिता भएर चलचित्रको प्रचार प्रसारमा लागेको देखेर चलचित्र निर्माण युनिटको हौसला अझै बढेको चलचित्र निर्माण युनिट बताउछन् ।
rajesh hamal5बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको चलचित्र बागमती पुष २४ गते बाट प्रदर्शनमा आउदै छ ।यसका निर्देशक सन्नी केरला दक्षिण भारतीय हुन् भने फिल्मको प्राविधिक काम पनि नेपाल बाहिरै गरिएको छ ।फिल्ममा नेपाली कलाकारहरु राजेश हमाल, शिब श्रेष्ठ, केकी अधिकारी, मुकुन्द श्रेष्ठ, धु्रव कोइराला, बालकलाकार कञ्चन ठकुरी लगायतको अभिनय रहेको छ । रविकर प्रसाद घिमिरेले यसै फिल्मबाट हिरोको रुपमा डेब्यु गर्दैछन । फिल्मलाई ट्रि इन्टरटेन्टमेन्टको ब्यानरमा दिनेश दर्शनधारी र बिजय सत्यालले निर्माण गरेका हुन ।
rajesh hamal4
bagmati yunit

Namaste Filmy

Read Previous

आमिर, सलमानदेखि शाहिदसम्म । यी हुन बलिउडकै सबैभन्दा होचा हिरोहरु

Read Next

“आधा पेज”को नया गीत सार्वजनिक (भिडियो सहित )