नेपाली सुन्दरीलाई दिल्लीमा उपाधि

Rajani (4)ईप्लानेट प्रा.लि.को आयोजनामा भारतको नयाँदिल्लीमा गत डिसेम्बर १२ मा भएको ‘मिसेस् हेरिटेज इन्टरनेशनल २०१५’मा नेपाली रजनी पाठकले शीर्ष ताज जित्न सफल भएकी छन् । त्यहाँ भएको ‘मिस हेरिटेज इन्टरनेसल २०१५’को स्टेजमा भएको ‘मिसेस् हेरिटेज इन्टरनेसल २०१५’मा उनले उक्त उपाधि चुमेकी हुन् ।Rajani (3)प्रतियोगितामा भारतकी डा.शिवान्गिनी मलेटिया फस्ट रनर अप तथा रसियाकी ओल्गा शेभेलेभा सेकेण्ड रनर अप चयन भएका छन् । प्रतियोगिताका सहभागिहरुले विभिन्न चरणको प्रतिस्पर्धाबाट आफूलाई अब्बल दर्शाउन कोशिश गरेका थिए ।
कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहेको यो प्रतियोगिता भारतको नयाँदिल्लीस्थित अशोका कन्टि रिसोर्टमा भएको थियो । आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार प्रतियोगितामा २२ देशका सुन्दरीहरुको सहभागिता रहेको थियो ,।।

Namaste Filmy

Read Previous

फस्ट विकेन्डमा 'दिलवाले'को कमाई ६५ करोड

Read Next

अनमोललाई बिर्साउने हिरो