चितवनमा रंगमञ्च । नाटक 'सकस' दोहोर्याएर मञ्चन गरिदै ।

[dropcap][/dropcap]क महिना अघि भरतपुरमा मञ्चन भएको नाटक सकस पुन मञ्चन हुने भएको छ । नारायणी कला मन्दिर र चितवन साहित्य परिषदले निर्माण गरेको नाटक सकसलाई सिजन ईभेटन्सले मञ्चन गर्न लागेको हो ।1625649_10202550261990548_368060200_nचैत्र १ गते नारायणी कला मन्दिरमा नाटक मञ्चन हुने सोमबार नारायणगढमा सिजन ईभेट्न्सले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । सामाजीक चेतना मुलक नाटक सकसलाई नारायणी कला मन्दिर र चितवन सहित्य परिषद संग ८० हजार रुपैयामा एक सो देखाउन सम्झौता भएको ईभेन्ट्सका निर्देशक अमर प्रधानले जानकारी दिनुभयो । कार्यक्रममा नाटकका निर्देशक पुष्प आचार्यले नाटकको प्रतिक्रिया एक दमै सकारात्म पाएकोमा खुसि व्यक्त गर्नुभयो । यसैगरि नाटककी कलाकार गायत्री श्रेष्ठले आफुले नसोचेको प्रतिक्रिया पाएको भन्दै चितवनमा नाटकको अर्को अध्याय सुरु भएको अनुभव व्यक्त गर्नुभयो ।sakasनाटकमा गायत्री श्रेष्ठ, रिद्धीचरण श्रेष्ठ, बालकृष्ण थपलियालगायतको अभिनय रहेको छ । नाटक सकस चैत्र १ गते साँझ साढे ५ बजे नारायणी कला मन्दिर नारायणगढमा मञ्चन हुदैछ ।

Namaste Filmy

Read Previous

एकपछि अर्को फिल्ममा ब्यस्त बन्दै निर्देशक बेदप्रसाद भुर्तेल ।

Read Next

म्युजिक भिडियोमा ब्यस्त छन दिपक खांण । नयां भिडियो हेर्नुहोस।