अनमोललाई बिर्साउने हिरो

pradip-khadakaअहिले फिल्म ‘प्रेमगीत’को चर्चा निकै छ । फिल्मको सार्वजनिक गीत तथा ट्रेलरलाई दर्शकले खुलेर तारिफ गरेका छन । आउदो भ्यालेन्टाइमा रिलिज गर्ने तयारीमा रहेको फिल्मको मेकिङ र लोकेशनलाई पनि दर्शकले अब्बल मानिसकेका छन ।
फिल्ममा मुख्य भुमिकामा नायिका पुजा शर्मा सँगै एक हिरो छन । जसको रुप र ब्यक्तित्वले अहिले निकै चर्चा पाउन थालेको छ । उनी प्रदिप खड्का हुन । उनको लुक्सलाई नयाँ पुस्ताका स्टार हिरो अनमोल केसीसँग तुलना गर्न थालिएको छ । कतिपयले अनमोलको बिकल्प वा अनमोललाई नै बिर्साउन सक्ने क्षमता देखेका छन प्रदिपमा ।
धेरैले उनलाई प्रेमगीतबाट डेब्यु हिरो भन्ने गरेका छन । तर उनी यसअघि पनि फिल्ममा देखिसकेका अनुहार हुन । करिब २ बर्षदेखि हिरो बन्ने धुनमा रहे पनि उनलाई कसैले पत्याएनन् र उनले गतबर्ष आफ्नै लगानीमा इस्केप नामक फिल्म बनाए । फिल्म चलेन, त्यसपछि उनको आकर्षक रुप पनि छाँयामा पर्यो ।
तर ‘प्रेमगीत’मार्फत निर्देशक सुदर्शन थापाले उनको लुक्स र ब्यक्तित्वलाई दर्शकमाझ ल्याएका छन । अहिले पाएकै चर्चा अगामी दिनमा पनि पाउने हो भने उनी फिल्म यद्योगकै उदाउदा स्टार हुन र उनले अनमोल मात्रै हैन अहिलेका ब्यस्त हिरोहरुलाई बिस्थापित गराउन सक्छन ।

Namaste Filmy

Read Previous

नेपाली सुन्दरीलाई दिल्लीमा उपाधि

Read Next

'शकुन्तला'मा राजेश हमला र अनु शाह