रेखा र सविनलाई अर्को जुनीको भर न भएर यहि जुनीमा माया गर्दै (भिडियो सहित )

नायिका रेखा थापाको नया चलचित्र ‘राम प्यारी’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘अर्को जुनी कुन्नी’ बोलको सार्वजनिक गीतलाई नायिका रेखा थापाले नै संगीत दिएकी हुन् । किरण खरेलको शब्द रहेको गीतमा राजेश पायल राई र मनिषा पोखरेलले स्वर रहेको यस गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । सार्वजनिक गीतमा रेखा र चलचित्रका नायक सविन श्रेष्ठलाई फिचरिङमा गरिएको छ ।
rekha n sabinरेखा थापाले निर्माण गरेको चलचित्र ‘राम प्यारी’ सुटिंग अघि बाट नै दर्शकको बहुप्रतिक्षित चलचित्रको रुपमा रहेको चलचित्र हो ।चलचित्र ‘रामप्यारी’मा रेखा ट्याम्पु चालक महिला बनेकी छिन् भने चलचित्रमा उनि दोहोरो भूमिका देखिदै छैन ।चलचित्रमा रेखा र सविनको अलावा , आभाष अधिकारी, आश्मा डीसी पनि मुख्य भूमिकामा रहेका छन् । चलचित्रलाइ सबिर श्रेष्ठले निर्देशन गरेका हुन् ।‘राम प्यारी’ आउँदो चैत २६ गते देखि अल नेपाल प्रदर्शनमा आउँदैछ ।

Namaste Filmy

Read Previous

डि सिने अवार्डमा 'नोभेम्बर रेन'लाई ८ विधामा अवार्ड (सुची सहित )

Read Next

यसकारण प्रियंकाले फ्यानलाई थप्पड हानिन्