माघ १५ मा भुटानी शरणार्थीको कथा

Reefugeबुधबार राजधानीको अनामनगर स्थित बिनायो रेस्टुरेन्टमा चलचित्र ‘रिफ्युजी’ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ  । माघ १५ गते बाट प्रदर्शनमा आउन  लागेको चलचित्र  ‘रिफ्युजी’का  निर्देशक उदय सुब्बाले सो कार्यक्रममा  सेन्सर बोर्डले केहि दृष्यहरुमा कैचि लगाई प्रर्दशनमा दुःख दिने चेष्टा गरेको पत्रकार माझ गुनासो ब्यक्त गरेको छन् ।
सो भेटघाटमा आफ्नो चलचित्र आगामी जनवरीको पहिलो सातादेखि अमेरिका त्यसपछि बेल्जियम, क्यानडा र अष्ट्रेलियामा प्रदर्शन गरिने पनि उनले बताए । अढाई दशक अघि भूटानबाट त्यहाका सरकारले लखेटेर नेपाल आई बसेका शरणार्थीहरुको समस्यालाई समेटेर चलचित्र निर्माण गरिएको हो  । त्यस्तै कार्यक्रममा अभिनेत्री रिस्ता बस्नेतले आफुले चलचित्रमा एक रिपोटरको भुमिका निभाएको बताउदै यो चलचित्रबाट धेरै आसा लिएको बताइन् । चलचित्रको बिषय बस्तु एवं कथा सशक्त भएकाले आफुले लगानी गरेका निर्माता दिपेश सुब्बाले सञ्चारकर्मीलाई बताए । यसका अर्का निर्माता मनोज राई हुन् ।चलचित्रमा  जीवन लुईटेल, नीर शाह, रिस्ता बस्नेत, अशोक शर्मा, बिपना बस्नेत, सुरबीर पण्डित, मोहन निरौला, भूपेन्द्र लिङदेन लगायतको मुख्य अभिनय रहेको छ ।

Namaste Filmy

Read Previous

यसकारण प्रियंकाले फ्यानलाई थप्पड हानिन्

Read Next

प्रतिक्षित फिल्म 'क्लासिक'को ट्रेलर सार्वजनिक । भिडियो